• ट्रेण्डिङ्ग :
राष्ट्रपति पौडेलद्वारा प्रधानमन्त्री शाहसँग देशको परिस्थितिबारे जानकारी

राष्ट्रपति पौडेलद्वारा प्रधानमन्त्री शाहसँग देशको परिस्थितिबारे जानकारी


  • 1.6K
    SHARES
    • श्रावण १४, २०८३ बिहीबार
    • ३ महिना अघि
    • 2.4K Views

    राष्ट्रपति पौडेलद्वारा प्रधानमन्त्री शाहसँग देशको परिस्थितिबारे जानकारी

    काठमाडौँ, साउन १४ ।  राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री वालेन्द्र शाहसँग मुलुकका विभिन्न भागमा भएको विषम घटना र परिस्थितिका बारेमा जानकारी लिनुभएको छ । 

    images

    देशका विभिन्न भागमा हिंसात्मक घटना बढ्दै गएपछि राष्ट्रपति पौडेलले प्रधानमन्त्री  शाहलाई आज शीतलनिवास बोलाएर अवस्थाबारे चिन्ता र चासो व्यक्त गर्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहाकार किरण पोखरेलले जानकारी दिनुभयो ।

    राष्ट्रपति पौडेललाई प्रधानमन्त्री शाहले शान्ति सुव्यवस्था कायम गर्न सरकारबाट भइरहेको प्रयासबारे जानकारी गराउनुभएको थियो । सो अवसरमा राष्ट्रपति पौडेलले राजनीतिक दललगायत सबै पक्षलाई साथमा लिएर संयमतापूर्वक स्थितिलाई साम्य पार्न एवं सद्भाव कायम गर्न सुझाव दिनुभएको थियो ।

     


    तेस्रो आँखा