प्रधानमन्त्री देउवा तीन दिने ‘सद्भावना’भ्रमणका लागि आज अपह्रान्ह नयाँदिल्ली प्रस्थान गर्ने

प्रधानमन्त्री देउवा तीन दिने ‘सद्भावना’भ्रमणका लागि आज अपह्रान्ह नयाँदिल्ली प्रस्थान गर्ने


  • 9.6K
    SHARES
    • चैत्र १८, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 14.7K Views

    प्रधानमन्त्री देउवा   तीन दिने  ‘सद्भावना’भ्रमणका लागि  आज अपह्रान्ह  नयाँदिल्ली प्रस्थान गर्ने

    काठमाडौं, १८ चैत्र । प्रधानमन्त्री शेरबहादुर देउवा आज भारतको तीन दिने ‘सद्भावना’ भ्रमणका लागि नयाँदिल्ली जाँदै छन् ।  मध्यान्ह नेपाल वायु सेवा निगमको उडानबाट उनी दिल्ली प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।  गत असारमा प्रधानमन्त्री बनेपछि देउवाको यो पहिलो औपचारिक विदेश भ्रमण हो ।

    images

    प्रधानमन्त्री देउवाको भ्रमण टोलीमा पत्नी आरजु देउवा, परराष्ट्रमन्त्री डा नारायण खड्का, तथा अन्य मन्त्रीहरु, उच्च पदस्थ कर्मचारी, संचारकर्मी र उद्योगी ब्यवसायी गरी ५० जना रहने परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भोलि शनिबार दुई पक्षीय वार्ता हुने कार्यक्रम रहेको छ । प्रधानमन्त्री देउवासँग आजै साँझ भारतीय विदेशमन्त्री एस जयशंकरले भेट्नु हुनेछ भने प्रधानमन्त्री देउवाले भारतीय उपराष्ट्रपति बैंकैया नायडूसँग पनि शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।

    प्रधानमन्त्री देउवा भोलि शनिबार साँझ बनारस जाने कार्यक्रम छ । त्यहाँ उनले विश्वनाथ मन्दिर र नेपाली पशुपतिनाथ मन्दिरमा दर्शन तथा पूजाआजा गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री देउवा आइतबार साँझ स्वदेश फर्कनु हुनेछ ।

  • सम्बन्धित विषय:

  • # शेरबहादुर देउवा

  • तेस्रो आँखा
    लेखकबाट थप