• ट्रेण्डिङ्ग :
दाङबाट एक वर्षमा ६७९ फरार अभियुक्त पक्राउ

दाङबाट एक वर्षमा ६७९ फरार अभियुक्त पक्राउ


  • 2.1K
    SHARES
    • श्रावण १५, २०८३ शुक्रबार
    • ३ महिना अघि
    • 3.3K Views

    दाङबाट एक वर्षमा ६७९ फरार अभियुक्त पक्राउ

    दाङ । आर्थिक वर्ष २०८२/८३ मा दाङबाट ६५० भन्दा बढी फरार अभियुक्त पक्राउ परेका छन् । जिल्लाका विभिन्न ठाउँबाट एक वर्षको अवधिमा ६७९ जना फरार अभियुक्त पक्राउ परेका हुन् ।

    images
     

    जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक दीपक श्रेष्ठका अनुसार विभिन्न प्रकृतिका मुद्दामा अदालतबाट दोषी ठहर भई फरार भएका अभियुक्त पक्राउ परेका हुन् । पक्राउ परेका ६७९ जनालाई २४६ वर्ष तीन महिना २४ दिन कैद सजाय र रु एक करोड ३८ लाख ४२ हजार २९७ जरिवाना तोकिएको उनले जानकारी दिए ।

    प्रहरी उपरीक्षक श्रेष्ठका अनुसार फरार अभियुक्तमध्ये १० वर्षपछि पक्राउ परेका ८८ जना छन् । त्यस्तै पाँच वर्षपछि पक्राउ पर्नेमा ७० र पाँच वर्षभन्दा कम समयमा पक्राउ पर्ने ५२१ जना रहेको उनले बताए ।

     

    विगत एक वर्षमा जिल्लामा विभिन्न प्रकृतिका एक हजार १२८ वटा मुद्दा दर्ता भएका छन् । सबैभन्दा बढी आत्महत्यासम्बन्धी ३३५ र लागुऔषधसम्बन्धी १२६ मुद्दा रहेको उनले जानकारी दिए ।

     
     
     


    तेस्रो आँखा