शान्ति सद्भाव -यालीपछि अवस्था सामान्य

शान्ति सद्भाव -यालीपछि अवस्था सामान्य


  • 2.4K
    SHARES
    • श्रावण १७, २०८३ आइतबार
    • ३ महिना अघि
    • 3.7K Views

    शान्ति सद्भाव -यालीपछि अवस्था सामान्य

    जनकपुरधाम, साउन १७ गते  । गृहमन्त्री सुधन गुरुङले पीडित पक्षसँग शुव्रmबार राति सहमति गरेपछि मधेश प्रदेशको अवस्था सामान्य बन्दै गएको छ । सुनसरीमा धार्मिक विषयलाई लिएर उत्पन्न विवादले मधेश प्रदेशमा पनि आन्दोलन सुरु भएको थियो । सरकारले गरेको सहमति तथा सद्भाव -यालीपछि अवस्था सामान्य बन्दै गएको छ । 

    images

    धनुषा समाचारदाताका अनुसार मधेश प्रदेशको राजधानी जनकपुरधाममा शान्ति सद्भाव -याली निकालिएपछि शनिबारबाट अवस्था सामान्य बन्दै गएको छ । सामाजिक सद्भाव कायम गराउने उद्देश्यका साथ जिल्ला प्रशासन कार्यालय धनुषा र जनकपुरधाम उपमहानगरपालिकाले संयुक्त रूपमा जनकपुरधाममा शान्ति सद्भाव -यालीको आयोजना गरेको थियो । 

    -यालीमा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेल, जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज साह, प्रतिनिधि सभा सदस्यहरू मनिष झा, मातृकाप्रसाद यादव, रामविनोद यादव, विश्वराज पोखरेल, यज्ञमणि न्यौपानेलगायत हिन्दु र मुस्लिम समुदायका अगुवाहरूको पनि उपस्थिति थियो । सद्भाव -यालीपछि शनिबार दिउँसोदेखि जनकपुरधाम बजार क्षेत्रमा आमसर्वसाधारणको चहलपहल बढेको छ । 

    यातायात सञ्चालन

    सर्लाही समाचारदाताका अनुसार सर्लाहीसहित मधेशका जिल्लामा शनिबारदेखि लामो दुरीका सवारी साधनसमेत सञ्चालनमा आउन थालेपछि यात्रुलाई सहज भएको छ । यस क्षेत्रमा बिहीबार र शुव्रmबार लामो दुरीमा चल्ने सार्वजनिक यातायात सञ्चालन नहुँदा अत्यावश्यक काम परेर यात्रा गर्नुपर्नेहरू मारमा परेका थिए । शनिबार बिहानदेखि भने लामो दुरीमा चल्ने बससमेत सञ्चालन भएसँगै जनजीवन सहज बनेको हो । 

    पूर्वका सिराहा, सप्तरी, सुनसरी, विराटनगरलगायत ठाउँमा जाने यातायातका साधन अझै पूर्ण रूपमा खुल्न सकेका छैनन् । सर्लाहीका बस व्यवसायी दीपलाल महतोले अन्य दिनको तुलनामा शनिबारदेखि बस सञ्चालनमा सहजता भएको बताउनुभएको छ । 

    वीरगन्ज, बर्दीबास र जनकपुरतर्फका बस निर्वाध गुड्न थालेका र ढल्केबरदेखि पूर्वतर्फ पनि विस्तारै अवस्था सहज भइरहेकाले बस गुडाउन सुरु गर्ने तयारी रहेको महतोको भनाइ छ । सङ्घीय राजधानी काठमाडौँसम्म प्रत्येक सवारीसाधन निर्वाध आउजाउ गरिरहेका छन् । 

    सद्भाव -याली निकालिने निर्णय

    राजविराज समाचारदाताका अनुसार  पेसागत सञ्जाल (पापड) सप्तरीले शान्ति र लोकतन्त्रका लागि जिल्लामा शान्ति, सामाजिक सद्भाव र आपसी भाइचारालाई सुदृढ बनाउन आइतबार सद्भाव ¥याली आयोजना गर्ने निर्णय गरेको छ ।

    नेपाल पत्रकार महासङ्घ सप्तरीको कार्यालयमा शनिबार बसेको पापड सप्तरीको बैठकले सुनसरीको देवानगन्ज गाउँपालिका–३, कप्तानगन्जमा भएको घटनापछि सप्तरीमा विकसित परिस्थितिबारे गम्भीर छलफल गर्दै जिल्लामा शान्तिपूर्ण वातावरण कायम राख्न सबै पक्षको सव्रिmय भूमिका आवश्यक रहेको निष्कर्ष निकालेको हो ।

    बैठकले घटनामा ज्यान गुमाएका सुनसरीको कप्तानगन्जका ओमप्रकाश मेहता र जयप्रकाश मेहता तथा सिराहाको औरही गाउँपालिकाका गणेश यादवप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ । साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा कुनै कमी हुन नदिन सरकारसँग माग गरेको छ । बैठकले साउन १७ गते आइतबार बिहान ८ बजे राजविराजस्थित शिव मन्दिर प्राङ्गणबाट सद्भाव ¥याली निकाल्ने निर्णय गरेको जनाएको छ । 

    भ्रामक सामग्री नफैलाउन आग्रह

    कल्याणपुर समाचारदाताका अनुसार जिल्ला प्रशासन कार्यालय सप्तरीले जिल्लाको शान्तिसुरक्षा, अमनचयन तथा धार्मिक सहिष्णुता कायम राख्न सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री नप्रसारण गर्न सबैमा आग्रह गरेको छ । शनिबार प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जारी गर्नुभएको सूचनामा नागरिक समाज, धार्मिक गुरु, बुद्धिजीवी, सञ्चारकर्मी तथा सबै सरोकारवालालाई सामाजिक सद्भाव कायम राख्न सहयोग गर्न अनुरोध गरिएको हो ।

    सूचना अनुसार फेसबुक, टिकटक, इन्स्टाग्राम, ह्वाट्सएपलगायत सामाजिक सञ्जालमार्फत धार्मिक वा सामाजिक द्वेष फैलाउने, घृणा वा उत्तेजना बढाउने तथा शान्तिसुरक्षामा असर पार्ने खालका भ्रामक समाचार, अफवाह, फोटो वा भिडियो पोस्ट, रिपोस्ट, लाइक, कमेन्ट वा सेयर नगर्न आग्रह गरिएको छ । 

    त्यसै गरी आन्दोलनका क्रममा लाठी, भाला, तरबार तथा अन्य घरेलु हातहतियार प्रदर्शन नगर्न तथा नगराउन प्रशासनले सचेत गराएको छ । आन्दोलनमा बालबालिकाको प्रयोग कानुनद्वारा निषेध भएकाले उनीहरूलाई सहभागी नगराउन तथा सहभागी गराए सम्बन्धित आन्दोलन आयोजकलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी पनि दिइएको छ ।

     


    तेस्रो आँखा