• ट्रेण्डिङ्ग :
प्रधानमन्त्रीद्वारा सुदूरपश्चिमका सांसदसँग छलफल जारी

प्रधानमन्त्रीद्वारा सुदूरपश्चिमका सांसदसँग छलफल जारी


  • 1.3K
    SHARES
    • श्रावण १९, २०८३ मंगलबार
    • ३ महिना अघि
    • 2.0K Views

    प्रधानमन्त्रीद्वारा सुदूरपश्चिमका सांसदसँग छलफल जारी

    काठमाडौँ, साउन १९ । प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूसँग छलफल गरिरहनुभएको छ ।

    images

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा जारी रहेको छलफलमा समसामयिक राजनीति र प्रदेशको विकास निर्माणका सम्बन्धमा सांसदहरूले धारणा राख्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    प्रधानमन्त्रीसँगको छलफलमा सांसदहरू ताराप्रसाद जोशी, खेमराज कोइराला, हरिमोहन भण्डारी, जनकसिंह धामी, ज्ञानेन्द्र सिंह महता, जगत जोशी, कोमल ज्ञवाली र केपी खनाल सहभागी हुनुहुन्छ ।


    तेस्रो आँखा