• ट्रेण्डिङ्ग :
गृहमन्त्री गुरुङ र मृतक मेहताका परिवारबिच शिक्षण अस्पतालमा वार्ता

गृहमन्त्री गुरुङ र मृतक मेहताका परिवारबिच शिक्षण अस्पतालमा वार्ता


  • 703
    SHARES
    • श्रावण १९, २०८३ मंगलबार
    • ३ महिना अघि
    • 1.1K Views

    गृहमन्त्री गुरुङ र मृतक मेहताका परिवारबिच शिक्षण अस्पतालमा वार्ता

    काठमाडौँ, साउन १९ गते । गृहमन्त्री सुधन गुरुङ र उपचारका क्रममा निधन भएका रवीन्द्र मेहताका परिवारबिच वार्ता सुरु भएको छ। महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा गृहमन्त्री गुरुङ र मृतकका परिवारबिच वार्ता भएको हो ।

    images

    साउन १० गते राति सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा घाइते हुनुभएका २२ वर्षीय मेहताको शिक्षण अस्पतालमा उपचारका क्रममा मङ्गलबार  निधन भएको हो।

    यसअघि आजै गृहमन्त्री गुरुङले गृहमन्त्रालयमा हिन्दु र मुस्लिम समुदायका प्रतिनिधि तथा नेतासँग छुट्टाछुट्टै भेटघाट एवं छलफल गर्नुभएको थियो। छलफलका क्रममा पछिल्लो समय मुलुकका विभिन्न भागमा देखिएका असमझदारी, विवाद, शान्ति सुरक्षा र सामाजिक सद्भावका विषयमा विचार–विमर्श भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ।

     

     

     


    तेस्रो आँखा