• ट्रेण्डिङ्ग :
सप्तरीमा टिपरले ठक्कर दिँदा बोलेरो चालकको मृत्यु

सप्तरीमा टिपरले ठक्कर दिँदा बोलेरो चालकको मृत्यु


  • 8.4K
    SHARES
    • चैत्र १८, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 12.9K Views

    सप्तरीमा टिपरले ठक्कर दिँदा बोलेरो चालकको मृत्यु

    काठमाडाैं,१८ चैत्र । सप्तरीको खडक नगरपालिका ९५ रंजितपुर सडकखण्डमा टिपरले ठक्कर दिँदा बोलेरो चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बोदेबर्साइन नगरपालिका–५ का २६ वर्षीय शिवराज यादव रहेका जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। पूर्व पश्चिम राजमार्गअन्तर्गत पूर्वतर्फ आउँदै गरेको विद्युत् कार्यालय बोदेबर्साइन सप्तरीको प्रदेश २–०१–००१ च ०३३४ नम्बरको

    images

    बोलेरोलाई बिहीवार साँझ पछाडिबाट ना ७ ख २६५८ नम्बरको टिपरले ठक्कर दिँदा  यादवको मृत्यु भएको हो। दुर्घटनामा  गम्भीर घाइते भएका यादवलाई उपचारको लागि अस्पतालतर्फ ल्याउने क्रममा मृत्यु भएको जनाएको छ ।

    दुर्घटनामा घाइते  भएका अन्य बोदेबर्साइन नगरपालिका –१० का ३० वर्षीय शैलेश यादव, सोही ठाउँका ३० वर्षीय महेश चौधरी, वडा नम्बर ५ का २६ वर्षीय बृजेश कुमार यादव, ३० वर्षीय जयशंकर साह र सिरहाको लहान नगरपालिका –८ का ३५ वर्षीय अरुण कुमार सिंहको उपचार भइरहेको प्रहरीको भनाइ रहेको छ। टिपर र टिपर चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।  


    तेस्रो आँखा
    लेखकबाट थप