दुई जना नेताबीचको संवादपछि रावललाई वरिष्ठ उपाध्यक्ष दिन ओली तयार भएको विषयमा पत्रकारहरूको जिज्ञसामा रावलले भन्नुभयाे, ‘अध्यक्षज्यूले सहमति खोज्न गरेका भनिएका प्रयासबारे मलाई थाहा छैन, मलाई कुनै जानकारी नै दिइएको छैन ।’ उहाँले अफ्नो उम्मेदवारी कायम रहेकोसमेत बताउनु भएकाे छ ।
नेता रावलले महाधिवेशनको बन्दसत्र ढिलाइ भएकोमा आक्रोशसमेत व्यक्त गर्नु भएकाे छ । अध्यक्ष ओलीको कार्यक्रममा ढिलो आउने बानीका कारण समस्या भएको भन्दै उहाँले समयमै चल्न ओलीलाई सुझावसमेत दिनु भएकाे छ । बन्दसत्रका प्रतिनिधिसँग रावलले मत माग्न थालिसक्नु भएकाे छ ।
