ओखलढुंगा,१८ चैत्र । नेकपा एमाले ओखलढुंगा जिल्ला कमिटी सदस्य र वडाका पदाधिकारी सहित ४५ जना संगठित सदस्य नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । एमाले जिल्ला कमिटी सदस्य सितारम दाहाल, सिद्धिचरण नगरपालिका वडा कमिटी सचिव एकबल्लभ दाहाल, सहसचिव अस्वीन दाहाल लगायतका नेताहरु एमाले परित्याग गरी कांग्रेसमा प्रवेश गरेका हुन ।
त्यस्नै वडा कमिटी सदस्यहरु निर्माण दाहाल, मिना कुमारी खत्री धर्मप्रसाद दाहाल, लोकबहादुर खत्री, मनीस दाहाल, राधा सुवेदी, हिमला खत्री, भिमबहादुर खत्री, अनिल भुजेल, नरबहादुर भुजेल, पूर्णबहादुर भुजेल सहित एमालेका ४५ जना संगठित सदस्य एमाले परित्याग गरी कांग्रेसमा समाहित भएका नेपाली कांग्रेस जिल्ला सभापति तेजेन्द्र खनालले जानकारी दिए ।
नवप्रवेशीहरुलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप कुमार सुनुवार, जिल्ला सभापति तेजेन्द्र खनाल, नेता बालकृष्ण दाहाल लगायत नेताहरुले सदस्याता सहित खादा मालाले स्वागत गरेका छन् । एमाले जिल्ला सदस्य त्यागेर कांग्रेस प्रवेश गरेका सिताराम दाहाललाई नेपाली कांग्रेसले पनि आजैका मितिबाट जिल्ला सदस्यको जिम्मेवारी दिइएको सभापति खनालले बताए ।
सिद्धिचरण नगरपालिका वडा नम्बर ३ एमालेको पुरै कमिटी नेपाली कांग्रेसमा प्रवेश गरेसँगै वडास्तरमा एमाले शुन्य भएको नवप्रवेशीहरुले बताएका छन् । एमालेको संगठनलाई भरथेग गरेर राखेका सिताराम दाहाल, एकबल्लभ दाहाल लगायत कांग्रेस प्रवेश गरेका कार्यकर्ताहरुले आगामी स्थानीय तहको निर्वाचनमा एमालेलाई शुन्य बनाउने बताए ।
नगरपालिकाभित्रका नागरिकलाई एमालेले पाँच वर्षमा झुटा आश्वासन दिएको र जनताबाट जवरजस्त कर उठाउने, भ्रष्टाचार गर्ने र नागरिकले पाउने सेवा प्रवाहमा सिरियस नभएको भन्दै एमाले छाडेको उनीहरुले बताएका छन् । स्थानीय तहकाे चुनाव नजिकीदै जाँदा अन्य दलहरूबाट कांग्रेसमा प्रवेश गर्नेहरूकाे लहर चलेकाे नेपाली कांग्रेस ओखलढुंगाले जानएकाे छ ।
