जनकवि दुर्गालाल श्रेष्ठको निधनप्रति प्रधानमन्त्री शाहद्वारा श्रद्धाञ्जली

जनकवि दुर्गालाल श्रेष्ठको निधनप्रति प्रधानमन्त्री शाहद्वारा श्रद्धाञ्जली


  • 1.4K
    SHARES
    • भाद्र २, २०८३ मंगलबार
    • २ महिना अघि
    • 2.2K Views

    जनकवि दुर्गालाल श्रेष्ठको निधनप्रति प्रधानमन्त्री शाहद्वारा श्रद्धाञ्जली

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले जनकवि दुर्गालाल श्रेष्ठको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

    images
     

    प्रधानमन्त्री शाहले मंगलबार सामाजिक सञ्जालमार्फत श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनका सिर्जना र विचारहरू सधैँ जीवित रहने बताएका छन् ।

    उनले जनकवि श्रेष्ठको चर्चित सिर्जना ‘सय थरी बाजा एउटै ताल, सय थरी गोडा एउटै चाल। मेची–काली सिँगै ढिको, साझा हाम्रो ज्यान नेपाल। फुलको आँखामा फुलै संसार।’ उल्लेख गर्दै श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।

     

    ‘जनकवि दुर्गालाल श्रेष्ठज्यू प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु,’ प्रधानमन्त्री शाहले लेखेका छन् ।

    भौतिक रूपमा श्रेष्ठ हामीमाझ नरहे पनि उनले देखाएको बाटो, उनका सिर्जना र विचारहरू सधैँ जीवित रहने प्रधानमन्त्री शाहले बताएका छन् ।

    ‘उहाँले देखाउनुभएको मार्गमा हामी निरन्तर हिँडिरहनेछौँ,’ उनले भनेका छन् ।

     
    0
    0
    0
    0
    प्रतिक्रिया


    तेस्रो आँखा