१५ औं महाधिवेशनमा सहभागी नहुनूः डा. कोइराला

१५ औं महाधिवेशनमा सहभागी नहुनूः डा. कोइराला


  • 690
    SHARES
    • भाद्र ५, २०८३ शुक्रबार
    • २ महिना अघि
    • 1.1K Views

    १५ औं महाधिवेशनमा सहभागी नहुनूः डा. कोइराला

    तुलसीपुर , ५ भदौ ।नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाले '१५ औं केन्द्रीय महाधिवेशन तयारी समिति' का नाममा विज्ञप्ति जारी गर्दै महाधिवेशनमा सहभागी नहुन आग्रह गरेका छन्।

    images

    विशेष महाधिवेशनबाट आएको कार्यसमितिले महाधिवेशन गरे सबै संरचनामा विभाजन प्रक्रिया सुरू हुने भन्दै उनले उक्त महाधिवेशनमा सहभागी नहुन भनेका छन्।

    पूर्वमहामन्त्री कोइरालाले निवर्तमान सभापति शेरबहादुर देउवासहित संस्थापनइतर पक्षको नेतृत्व गर्दै आएका छन्। साउन २९ देखि ३१ गतेसम्म उनकै अध्यक्षतामा राष्ट्रिय भेला/सम्मेलन पनि भएको थियो। उक्त भेलाले देउवाकै नेतृत्वमा १५ औं महाधिवेशन गर्नुपर्ने अडान राखेको थियो।

    निवर्तमान सभापति देउवा पक्षले आज सर्वोच्च अदालतमा १५ औं महाधिवेशन रोक्न माग गर्दै रिट दिए पनि दर्ता भएको छैन।

    पार्टी आधिकारिकता विवाद सर्वोच्चले पुनरवलोकन अनुमति निस्सा दिएकोले यस्तो अवस्थामा महाधिवेशन गर्न नहुने भन्दै देउवा पक्ष सर्वोच्च गएको थियो। पूर्वमन्त्री दीपक खड्का रिट लिएर सर्वोच्च पुगेका थिए भने सर्वोच्चले यो अध्ययनमै रहेको उल्लेख गरेको छ।

    रिट लिएर सर्वोच्च जानुअघि निवर्तमान सभापति देउवा र नेता शेखर कोइरालाबीच भेटवार्ता पनि भएको थियो। लगत्तै शशांक निवासमा पनि नेताहरूबीच कुराकानी भएको थियो।

    यस्तो छ विज्ञप्ति-

    नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आधिकारितासम्बन्धी विवादको मुद्दामा पार्टी सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सम्मानित सर्वोच्च अदालतको डिभिजन बेञ्चको निर्णय-आदेश उपर पुनरावलोकन गरि पाउँ भनि निवेदन दिई उक्त मुद्दा सुरूदेखिनै हेर्ने गरी सम्मानित सर्वोच्च अदालतको पूर्ण इजलासवाट पुनरावलोकनको अनुमति (निस्सा) पाइसकेको अवस्थामा सो मुद्दा हाल सम्मानित सर्वोच्च अदालतमा  विचाराधीन रहेको सवैलाई अवगतनै छ।

    यो अवस्थामा कथित विशेष महाधिवेशनबाट गठित पक्षले १५ औं महाधिवेशन गर्ने निर्णय गरी कार्यतालिका सार्वजनिक गरेको सन्दर्भमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।

    सुदृढ, सबल र गतिशील कांग्रेसका लागि पार्टीभित्रको सांगठनिक तथा भावनात्मक एकता नै अहिलेको आवश्यकता हो भन्ने हाम्रो निश्कर्ष र प्रतिबद्धता रहेको छ। कथित विषेश महाधिवेशनको कारणले हाल केन्द्रीय कार्यसमिति समानान्तर रूपले विभाजित रहेको छ।

    यस्तो गम्भीर विवादको अवस्थामा कथित विशेष महाधिवेशन पक्षले अधिवेशन वा महाधिवेशन गर्‍यो भने पार्टीका सबै तहमा संरचनागत रूपमा विभाजनको प्रकृया सुरू हुने स्पष्ट देखिन्छ र आगामी स्थानीय तथा प्रदेश सभा सदस्यको निर्वाचनमा समेत पार्टीलाई झनै नकारात्मक असर पर्दछ भन्ने हाम्रो ठहर छ।

    तसर्थः तथाकथित विशेष महाधिवेशन पक्षका यस्ता अवैधानिक र विभाजनकारी अधिवेशन र महाधिवेशन आयोजना नगर्न/नगराउन तथा यस्ता कृयाकलापमा सहभागी नहुन पार्टीका सबै तहका समिति, पदाधिकारी र सदस्यहरू तथा क्रियाशील सदस्यहरूमा हार्दिक अपील गर्दछौं।


    तेस्रो आँखा