प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने

प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने


  • 820
    SHARES
    • भाद्र १४, २०८३ आइतबार
    • २ महिना अघि
    • 1.3K Views

    प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने

    ललितपुर, भदौ १४ गते । नेपाली कांग्रेसले बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा एक करोड रुपियाँ जम्मा गर्ने भएको छ ।

    images

    पार्टीको केन्द्रीय कार्यालयमा आइतबार बसेको बैठकबारे जानकारी दिँदै प्रवक्ता देवराज चालिसेले एक करोड रुपियाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

    “सरकारले राहत तथा उद्धारका कार्यलाई तीव्रता दिनु आवश्यक छ, सुरुङमा फसेका नागरिकको उद्धारका लागि चाँडोभन्दा चाँडो प्रयास गर्दै तीव्रता दिनुपर्ने आवश्यकता छ, खोज तथा उद्धार परिणाममा केन्द्रीत हुनुपर्छ, हाम्रो क्षमताले भ्याएन भने अन्तरराष्ट्रियस्तरका विज्ञहरूको पनि सहयोग लिनुपर्छ”, उहाँले भन्नुभयो ।

    प्रवक्ता चालिसेले पीडितलाई दिने राहतलाई प्रभावकारी बनाउन स्थानीय तहलाई जिम्मेवारी दिने कुरामा ध्यान दिनुपर्ने भन्दै पीडितसम्म तत्कालै राहत पुर्‍याउन आग्रह गर्नुभयो ।

    उहाँले विभिन्न जिल्लाका नागरिक पनि पर्यटन र व्यावसायिक सिलसिलामा रसुवा र नुवाकोट पुगेको समयमा बाढीबाट पीडित हुन पुगेको बताउँदै तिनको पनि खोजविन र सुरक्षाका लागि ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।


    तेस्रो आँखा