सुर्खेत,१९ चैत्र । आज बिहान कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रहेको प्रदेश अस्पताल कालागाउमा एउटा बच्चाको शब अस्पताल परिसदमा कुकुर ले च्यापेर हिडेयो अबस्थामा फेला परेको छ ।टाउकोबिनाको बच्चाको शव कुकुरले अस्पताल वरिपरि घुमाइरहे पनि कहाँबाट कुकुरले बच्चा भेट्यो र कसको बच्चा हो भन्नेबारे अहिलेसम्म खुल्न सकेको छैन। अहिले त्यसको सोधीखोजी चलेको छ।
‘बिहान ७ बजेतिर एउटा मृत शिशुलाई टाउको नभएको अवस्थामा कुकुरले दाँतमा च्यापेर अस्पतालभित्रै ल्यायो,’ अस्पतालमा बिरामी कुरुवा बसेका वीरेन्द्रनगरका हरि कँडेलले देखे उका अनुसार, ‘बच्चाको टाउको थिएन, शरीर मात्रै कुकुरले दाँतमा च्यापेर अस्पताल वरिपरि घुमिरह्यो। धेरै मान्छेको भीड देखेपछि कुकुर सडकतिर लाग्यो ।’
बच्चाको शव कुकुरले बोकेर यसरी अस्पताल परिसरमै ल्याउनुले अस्पताल प्रशासनको व्यवस्थापकीय कमजोरी र अभिभावकको गैरजिम्मेवारी प्रष्ट देखियको कँडेलको बताए । कर्णाली प्रदेश अस्पताल प्रशासनले भने यो विषयमा जानकारी नभएको बताएको छ । यसै विषयमा हामीले प्रदेश अस्पतालका सूचना अधिकारी विनोद बस्नेतसँग कुरा गर्दा शनिबार परेकाले अस्पतालमा आफू उपस्थित नभएकाे र यस विषयमा जानकारी नभएको बताए ।
विष्णु सापकाेटा
