नुवाकोट । बाढीका कारण पुल क्षतिग्रस्त भएपछि आवागमनमा सास्ती खेपिरहेका नुवाकोटवासीलाई राहत मिल्ने भएको छ। नेपाली सेनाले पाँच दिनमै एक्रो ब्रिज जडानको काम सम्पन्न गरेको छ।
निर्माण सम्पन्न भएको उक्त पुल भोलीदेखि सञ्चालनमा आउने जनाइएको छ। पुल सञ्चालनमा आएपछि बाढीका कारण प्रभावित सडक सम्पर्क तथा दैनिक आवागमन सहज हुने अपेक्षा गरिएको छ।
छोटो समयमै पुल निर्माण सम्पन्न गरेको भन्दै गृहमन्त्री सुधन गुरुङले नेपाली सेनालाई धन्यवाद दिएका छन् । बाढीपीडित नागरिकको समस्यालाई प्राथमिकतामा राख्दै सेनाले रातदिन नभनी काम गरेको भन्दै उनले सेनाको प्रशंसा गरेका हुन् ।

पुल निर्माण तथा जडानमा भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालको समेत सक्रिय समन्वय रहेको जनाइएको छ। बाढीले नुवाकोट, रसुवा लगायतका क्षेत्रमा पुल तथा सडक सम्पर्कमा क्षति पुर्याएपछि स्थानीयवासीले लामो समयदेखि आवतजावत र अत्यावश्यक सामग्री ओसारपसारमा समस्या भोग्दै आएका थिए।
प्रभावित क्षेत्रको यातायात थप सहज बनाउन बेत्रावतीमा समेत एक्रो ब्रिज निर्माण गर्ने योजना रहेको जनाइएको छ।
