काठमाडाैं,१९ चैत्र । बलत्कारको अभियोगमा जिल्ला कारागार तनहुँमा पूर्पक्षकालागि थुनामा रहेका नायक पल शाहले पुनरा वेदनको अपिल गरेका छन् । उनले आफ्नो वकिल मार्फत कारागारबाटै उच्च अदालतमा पुनरावेदनको अपिल निवेदन पाठएका हुन्।
तनहु जिल्ला अदालतले हिराशतमा राखेर थुनछेकको बसह चलाइसकेको अवस्थामा नवलपुर जिल्लामा दर्ता गरेको सोही प्रकृतिको मुद्धाका विषयमा अदालतमा उपस्थित गर्नु भन्ने पत्र नआएको तनहु जिल्ला कारागार प्रमुख नारायण अधिकारीले जानकारी दिए । शाहले अब ७३ अनुसारको सुविधा प्रयोग गरेर रिटको आदेश वदर गरिपाउ भनी पुनरावेदनका लागि उच्च अदालतमा निवेदन दिएको अधिकारीले बताए। त्यसका लागि आवश्यक प्रकृया पुर्याएर पलकै वकिलले निवेदन दर्ता गराएको कारागार प्रमुख अधिकारीको भनाइ छ ।
पल शाह अहिले तनहुस्थित कारागारमा १ सय ४० जना कैदी बन्दीसँगै रहेका छन । उनी सहज रूपमा अरू कैदी बन्दीहरूसँग घुलमिल भइसकेकाे कारागार प्रमुख अधकारीले बताए । उनका अनुसार तीनवटा ब्लकभएकाे कारागारमा २ वटा पुरूष र एउटामा महिला राखिएको छ । कारागारको क्षमता ८० जनाको भएपनि १ सय ४० कैदीबन्दी रहेके उनले जानकारी दिए । कारागरमा दैनिक क्रियाकलापको समय तालिका बनाएर बस्ने हुँदा पल शाह पनि अन्य कैदी बन्दीहरु सरहनै सहज रुपमा बस्दै आएको बताइएको छ।
