• ट्रेण्डिङ्ग :
पेट्रोलियम पदार्थमा देखिएको समस्या तत्काल समाधान गर्न खाँणकाे निर्देशन

पेट्रोलियम पदार्थमा देखिएको समस्या तत्काल समाधान गर्न खाँणकाे निर्देशन


  • 6.1K
    SHARES
    • चैत्र १९, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 9.3K Views

    पेट्रोलियम पदार्थमा देखिएको समस्या तत्काल समाधान गर्न  खाँणकाे निर्देशन

    काठमाडौं, १९ चैत। कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाँणले पेट्रोलियम पदार्थमा देखिएको समस्या तत्काल समाधान गर्न निर्देशन दिएका छन् ।

    images

    पेट्रोलियम पदार्थमा देखिएको समस्या तत्काल समाधान कार्यवाहक प्रधानमन्त्री खाँणले विभन्न निकायलाई निर्देशन दिएका हुन् । 

    उनले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा.गणेश पाण्डे, नेपाल आयल निगमका कार्यवाहक महानिर्देशक विरेन्द्र गोइत र नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका महासचिव विश्व अर्याललाई शनिबार टेलिफोन गरेर तत्काल समस्या समाधान गर्न निर्देशन दिएकाे सचिवालयले जनाएकाे छ । 

    अत्यावश्यक वस्तुमा समस्या देखिए सरकार नचाहँदा नचाहँदै कठोर हुनपर्ने उनको भनाइ छ । 

    व्यवसायीहरूले पेट्रोलियम पदार्थ बेचे–नबेचेको अनुगमन गर्न कार्यवाहक प्रधानमन्त्रीले आफूहरूलाई निर्देशन दिएको र आफूहरूले जिल्ला प्रशासन कार्यालय काठमाडौँको सहयोगमा अनुगमन गरेको निगमका कार्यवाहक महानिर्देशक गोइतले जानकारी दिए । 

    उनका अनुसार कावा प्रधानमन्त्री खाँणको निर्देशनअनुरूप उपत्यकाका २० बढी पम्पहरूमा अनुगमन गरिएको र केहीले बेचेको तथा केहीले नबेचेको फेला परेको पनि उनले जानकारी दिए । आइतबार थानकोटको डिपो खुला हुने भएकाले तेल ल्याएर बिक्री गर्ने कागज बनाएर छाडेको पनि उनले जानकारी गराए ।  आज साँझ ५ बजे आन्दोलनरत पक्षसँग वार्ता गर्ने तयारी भइरहेको पनि उनले जानकारी दिए ।

    डिलर्स एशोसिएशनका महासचिव अर्यालले पेट्रोलियम पदार्थमा देखिएको समस्या निगमसँग वार्ता गरेर टुङ्ग्याउन निर्देशन दिएको जानकारी दिए । व्यवसायी र डिजेल ढुवानीकर्ताहरूले डिजेलको भाउ बढेपछि डिजेल पेट्रोल बोक्ने ट्याङ्करको भाडा बढाइनुपर्नेलगायत माग राखेर पेट्रोलियम पदार्थ बिक्री वितरण नगर्ने चेतावनी दिँदै आएका छन् । 


    तेस्रो आँखा