काठमाडौँ, भदौ ३१ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाउनु भएको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ। रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बुधबार बिहान करिब ११ः३० बजेबाट बैठक सुरु भएको हो ।
बैठकमा रास्वपाका सभापति रवि लामिछाने, महामन्त्री विपिन आचार्य, सहमहामन्त्री पुरुषोत्तम यादव, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसबाट सभापति गगन थापा, नेकपा एमालेकी सचिव पद्मा अर्याल, नेपाली कम्युनिस्ट पार्टीबाट सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल, नेता वर्षमान पुन, राप्रपाबाट नेता ज्ञानबहादुर शाही, जनमत पार्टीबाट अध्यक्ष डा. सिके राउत लगायत नेताहरू सहभागी हुनुभएको छ ।
