चितवन, ११ मंसिर । भारतीय कम्युनिष्ट पार्टीका नेता जोगिन्दर सिंहले नेपालमा हिन्दु राज्य र संवैधानिक राजतन्त्र ल्याउन गुप्त रूपले अभियान चलिरहको बताउनु भएकाे छ । एमालेको १०औँ महाधिवेशनको बन्द सत्रलाई सम्बोधन गर्दै सावधान रहन सबैलाई आग्रह गरेका छन् ।
यस्तै, उहाँले भारतको संविधान र लोकतन्त्र पनि खतरामा रहेको बताउनुभयाे। भारतमा पुलिसराज बनाउन खोजिएको र सरकारविरूद्ध बोल्नेलाई मुद्दा लाएर थुन्ने, धर्मको नाममा विभाजन गराउने काम भइरहेको छ उहाँले भन्नुभयाे, ‘नेपाललाई सन् २०२५ सम्म हिन्दु राष्ट्र बनाउने भारतीय जनता पार्टी (भाजपा) को अभियान छ । भाजपा फाँसीवादतर्फ तिव्र रूपमा अगाडि बढिरहेको छ।’
उहाँले भारतमा हुने घटनाले भारत मात्रै प्रभावित नभइ नेपालसहित दक्षिण एसिया नै प्रभावित भइरहेको पनि बताउनुभयाे । आरएसएसबाट नेपालमा विभिन्न फण्ड चलिरहेको उहाँले दाबी गर्नुभयाे । दर्जनौं फण्ड चलेको छ । हिन्दु धर्म र संवैधानिक राजतन्त्र ल्याउन गुप्त रूपले अभियान नै चलिरहेको छ । सावधान रहनुस्', उहाँले भन्नुभयाे।’
दुनियाँले नेपालको कम्युनिस्ट आन्दोलनलाई हेरिरहेको र नेपालमा पहिलो पटक कम्युनिष्टलाई दुई तिहाइ मत आएकोमा उहाँले खुसी व्यक्त गर्नुभयाे। नेपालको कम्युनिस्ट आन्दोलनबाट प्रेरणा मिल्ने गरेको पनि उहाँकाे भनाइ छ ।
सो अवसरमा उहाँले अमेरिकी साम्राज्यवाद साउथ एसियामा कम्युनिष्ट समाप्त पार्न चाहने र यसका लागि भारतसमेत उपयोग भएको बताउनुभयाे । ‘महाधिवेशनबाट मजबुत नेतृत्व आओस्,' उहाँले भन्नुभयाे 'कम्युनिष्ट आन्दोलन एकजुट होस् । कम्युनिष्ट एकता होस् ।’
