परराष्ट्रमन्त्री खनाल न्युयोर्कमा

परराष्ट्रमन्त्री खनाल न्युयोर्कमा


  • 1.7K
    SHARES
    • आश्विन ६, २०८३ मंगलबार
    • १ महिना अघि
    • 2.5K Views

    परराष्ट्रमन्त्री खनाल न्युयोर्कमा

    न्युयोर्क, असोज ६ गते । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनाल न्युयोर्क आइपुग्नुभएको छ। 

    images

    परराष्ट्रमन्त्री खनाललाई जेएफके अन्तरर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा, महावाणिज्यदूत दधिराम भण्डारीलगायत नियोगका कर्मचारीले स्वागत गर्नुभएको थियो। 

    मन्त्री खनालले नेपालले आयोजना गर्ने ‘एभरेष्ट टु द सी’ साइडलाइन बैठकको नेतृत्व गर्नुहुनेछ। उहाँले विभिन्न देशका आफ्ना समकक्षीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । मन्त्री खनालका साथ परराष्ट्र सचिव अमृतबहादुर राई तथा परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाललगायत हुनुहुन्छ । रासस 

     


    तेस्रो आँखा