न्युयोर्क, असोज ७ । परराष्ट्रमन्त्री शिशिर खनाल अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा संयुक्त राष्ट्रसंघको ८१ औँ महासभाको उच्चस्तरीय सप्ताहका अवसरमा आयोजित विशेष रात्रिभोजमा सहभागी हुनुभएको छ ।
न्युयोर्कमा जारी महासभाको उच्चस्तरीय सप्ताहको क्रममा राष्ट्रपति ट्रम्पले आयोजना गरेको उक्त कार्यक्रममा विभिन्न मुलुकका उच्चस्तरीय प्रतिनिधिहरूको सहभागिता रहेको थियो। परराष्ट्रमन्त्री खनाल पनि नेपालको प्रतिनिधित्व गर्दै कार्यक्रममा सहभागी हुनुभएको हो ।
मन्त्री खनालले महासभाको साइडलाइनमा विभिन्न देशको विदेशमन्त्री तथा उच्च अधिकारीसँग द्विपक्षीय भेटवार्ता गर्दै नेपालको पछिल्लो बाढी–पहिरोबाट भएको क्षति, जलवायु न्याय, पुनःस्थापना तथा पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगलगायत विषयमा छलफल गर्नुभएको छ ।
