प्रतिनिधि सभामा ‘निःशुल्क कानुनी सहायता विधेयक’ पेस

प्रतिनिधि सभामा ‘निःशुल्क कानुनी सहायता विधेयक’ पेस


  • 2.1K
    SHARES
    • आश्विन ८, २०८३ बिहीबार
    • १ महिना अघि
    • 3.3K Views

    प्रतिनिधि सभामा ‘निःशुल्क कानुनी सहायता विधेयक’ पेस

    काठमाडौं । प्रतिनिधि सभामा ‘निःशुल्क कानूनी सहायतासम्बन्धी विधेयक, २०८३’ पेश भएको छ ।

    images
     

    बिहीवारको प्रतिनिधि सभा बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले विधेयक पेश गरेका हुन् । नागरिकको न्यायमा समान पहुँच सुनिश्चित गर्ने र आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरूलाई कानूनी संरक्षण प्रदान गर्ने उद्देश्यले उक्त विधेयक संसद्मा पेश गरिएको हो ।

    बैठकमा मन्त्री गौतमले विधेयक प्रश्तुत गर्नका लागि अनुमति माग्ने प्रस्तावसमेत पेश गरेकी थिइन् । सदनले उक्त प्रश्तावलाई सर्वसम्मत स्वीकृति प्रदान गरेपछि विधेयक अघि बढाउने प्रक्रिया सुरु भएको हो ।

     

    सरकारले पछिल्लो समय न्यायपालिकालाई जनमुखी बनाउन र कानूनी सहायताको दायरा फराकिलो बनाउन विभिन्न नीतिगत कदमहरू चालिरहेको छ ।

    प्रश्तुत विधेयकमा आर्थिक वा सामाजिक रूपले पछाडि परेका, असहाय, र गरीब नागरिकहरूलाई राज्यका तर्फबाट निःशुल्क कानूनी परामर्श तथा प्रतिरक्षा सेवा उपलब्ध गराउने व्यवस्था समेटिएको मन्त्री गौतमले बताइन् ।

    विधेयकले कानूनी सहायताको हकलाई मौलिक अधिकारका रूपमा संस्थागत गर्न थप सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।

     


    तेस्रो आँखा