राति पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

राति पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना


  • 2.2K
    SHARES
    • आश्विन ८, २०८३ बिहीबार
    • १ महिना अघि
    • 3.3K Views

    राति पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

    काठमाडौँ, असोज ७ गते ।  नेपाल मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बिहीबार राति पाँच प्रदेशमा भारी वर्षाको सम्भावना रहेको बताएको छ । 

    images

    महाशाखाका अनुसार बिहीबार राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानमा साथै मधेस प्रदेशको एक, दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । मधेस प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ । 

    हाल देशभर कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा अधिकांश बादल लागेको छ भने सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लागेको छ । यी प्रदेशका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको एक, दुई स्थानमा हल्का वर्षा भइरहेको छ । 

    शुक्रबार कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । लुम्बिनी र गण्डकी प्रदेशको एक, दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ । मधेस प्रदेशको एक, दुई स्थानमा भारी वर्षाको सम्भावना छ भने मधेस तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ । 

    शनिबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । मधेस प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ ।   


    तेस्रो आँखा