सहिद तारा नाथ योगीका पुत्र नवीन योगी महाधिवेशन प्रतिनिधि उम्मेदवार

सहिद तारा नाथ योगीका पुत्र नवीन योगी महाधिवेशन प्रतिनिधि उम्मेदवार


  • 4.6K
    SHARES
    • आश्विन १३, २०८३ मंगलबार
    • १ महिना अघि
    • 7.1K Views

    सहिद तारा नाथ योगीका पुत्र नवीन योगी महाधिवेशन प्रतिनिधि उम्मेदवार

    तुलसीपुर । नेपाली कांग्रेस को १५ औ महाधिवेशन मा सहिद  तारा नाथ योगी का छोरा नवीन योगी महाधिवेशन प्रतिनिधिको उम्मेदवारी दर्ता गर्नु भएको छ। वि.स. २०५८फागुन २० गते तारा नाथ योगी  आफ्नो वुवा को किरिया बसेको बेला नेपाली कांग्रेस प्रति आस्था भएकै कारण तत्कालीन  सशस्त्र द्वन्द्व गरेको माओवादि हरुले बीभत्स हत्या गरेका थिए !
    त्यसपश्चात् श्रीगाउ गाउँ बाट आफ्नो ज्यान जोगाउन को निम्ति आफ्नो परिवार सहित तुलसीपुर बजारमा सर्नु परेको थियो!

    images

    यसरी माओवादी युद्ध को चरम चपेटामा परि पीडित हुँदा पनि  नेपाली कांग्रेसको आस्था र बिचारबाट कत्ती पनि बिचलित नभई नेपाली कांग्रेस को विभिन्न भात्री संस्था को नेतृत्व गर्दै नेपाली कांग्रेस को राजनीति मा सक्रिय रहदै आएका छन।

    उनै सहिद पुत्र नविन योगि महेन्द्र वहुमुखी क्याम्पस घोराही को नेपाल विद्यार्थी संघ कार्यसमिति सद्स्य, नेपाल विद्यार्थी संघ दाङ क्षेत्र नम्बर ५ को क्षेत्रीय अध्यक्ष हुँदै नेपाल तरुण दल जिल्ला कार्यसमितिको कोषाध्यक्ष हुदै निरन्तर नेपाली कांग्रेस को राजनीति म सक्रिय हुँदै आउनु भएको छ ।
     
    नेपाली कांग्रेसको यो १५ औ महाधिवेशन मा सहिद परिवार कोटा बाट आफुले महाधिवेशन प्रतिनिधि को रूपमा मनोनयन दर्ता गरेको र  दाङ क्षेत्र नम्बर ३ का सम्पुर्ण क्षेत्रीय प्रतिनिधिहरु, वडा सभापतिहरू र गाउँ तथा नगर सभापतिहरु संग सहिद परिवार कोटा मा आफ्नो अमुल्य मत माग्नु भएको छ भने यसरी आफू महाधिवेशन प्रतिनिधि मा विजय भए पश्चात् नेपाली कांग्रेस को सांगठन लाई सबल सक्षम र चलयमान बनाई आउदै गरेको स्थानीय र प्रदेश सभा चुनावमा नेपालि कांग्रेस पार्टी लाई अत्यधिक बहुमतले जिताउन अहोरात्र खटिई पार्टी लाई मह्त्त्वपुर्ण योगदान दिने समेत बताउनु भएको थियो । साथै सम्पुर्ण मतदाताले आफुलाई सहिद परिवार कोटा अमूल्य मत दिएर विजय बनाउनु हुनेछ भन्ने आशा व्यक्त पनि गर्नु भएको छ !


    तेस्रो आँखा