• ट्रेण्डिङ्ग :
एम्नेष्टिका ‘कान्छा’ अध्यक्ष

एम्नेष्टिका ‘कान्छा’ अध्यक्ष


  • 6.4K
    SHARES
    • चैत्र २०, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 9.9K Views

    एम्नेष्टिका ‘कान्छा’ अध्यक्ष

    दाङ, २० चैत्र । हेर्दा फुच्चे। उमेर पनि कलिलो। तर ओहदा उच्च। एमनेष्टि ईन्टरनेशनलको उपमहासचिव बनेर ‘मानव अधिकार’ को पाठ सिकाउँदै आएका उनले भनेका थिए ‘सपना अध्यक्ष बन्नु हो।’ तर चुनौती नदेखेका भने थिएनन् उनले। ‘माहोल त राम्रो छ,’ तेस्रो आँखासँग कही दिन अघि उनले भनेका थिए ‘सफल हुनेमा ढुक्क जस्तै छु।’ उनको यही आत्मविश्वास डगमगाएन। एमनेष्टि ईन्टरनेशनल नेपालको ‘धुरी’ मा पुगि छाड्ने बिपिनको आत्मबिश्वासले जिति छोड्यो। उनी अध्यक्षमा निर्वाचित भएर एमनेष्टि ईन्टरनेशनलको बागडोर सम्हाल्ने हैसियतमा पुगेका छन् दाङ नारायणपुरका बिपिन। त्यो पनि एम्नेष्टिको इतिहाँसमा अहिले सम्मकै सबै भन्दा कान्छा अध्यक्ष बनेका छन् उनी ।  

    images

    'सानै छँदाको लगाव र मेहनतको फल हो,' भन्छन् उनी । जिल्लाको नारायणपुर स्थित तत्कालीन पशुपति बिद्याआश्रममा कक्षा ६ मा पढ्दाखेरी जिल्ला स्तरिय प्रतियोगीतामा सहभागी भएका उनको त्यहि सहभागीताले उँचो पदको मार्ग कोरिसकेको थियो। उनी हाजिरी जवाफ र कविता प्रतियोगीतामा विजेता बनेका थिए । यहि विजयले उनलाई थप बैचारिक कौशलता प्रदान गरिदियो। ‘त्यो प्रतयिोगीताले बोल्ने र तर्क गर्न सक्ने उत्साह पैदा गरिदियो,’ उनले सम्झीए ‘त्यहि उत्साहलाई आत्मसात गरेर अघि बढि रहेँ।’  
    साहित्य र वक्तृत्वकलाप्रतिको उनको लगाव स्कुल तहमा सदैव रहँदै आयो । विभिन्न प्रतियोगीताहरुमा सहभागी भएर तार्किक कौशलतालाई बढावा दिईरहे। ०७१ मा उच्च शिक्षा अध्ययनका लागि काठमाडौँ प्रवेश गरेका बिपिनका लागि काठमाडौँ यात्रा मानव अधिकार संरक्षणको अभियन्ता बन्ने अर्को गतिलो अवसर बनिदियो। उनि लगाएका केहि युवाहरु मिलेर परिवर्तनका पाईलाहरु नामक अभियानको थालनी गरे । यो अभियान बिशुद्ध सामाजिक अभियान थियो ।

    ०७२ को भुकम्पका पीडितहरुलाई उनिहरुले यहि अभियान मार्फत ठूलो सहयोग समेत गरेका थिए। ‘सिन्धुपाल्चोकका भुकम्प पीडितहरुलाई आलु वितरण गरेका थियौँ,’ विपिनले भने ‘हामी अभियानका सबै साथीहरु विभिन्न जिल्लामा पुगेर आलु सहयोग मागेका थियौँ।’ यो अभियानले सबै युवाहरुलाई एकै ठाउँमा बनाएको थियो। यहि अभियानकै क्रममा उनि एम्नेष्टिको साधारण सदस्य बने। सदस्यता लिए लगत्तै पोखरामा भएको १० औँ युथ भेलामा उनले पनि सहभागीता जनाउने अवसर पाए। त्यहि भेलाबाट युथ समुहका दुईजनालाई केन्द्रीय सदस्य बनाउने विधान पारित भयो। एकजना खुला तर्फबाट र अर्को एक जना महिला कोटाबाट सदस्य चयन गर्ने विधान अनुरुप उनि खुला सदस्यका लागि उम्मेदवार बने। निर्वाचनबाट उनि आफ्ना तीनजना प्रतिष्पर्धिलाई पराजित गर्दै केन्द्रीय सदस्य चुनिए। ‘सदस्यता लिएलगत्तै मैले केन्द्रीय समिति सदस्य बन्ने अवसर प्राप्त गरेँ,’उनले भने ‘मेरो लागि यो निकै ठूलो अवसर थियो।’

    केन्द्रीय सदस्य बनेलगत्तै उनले विभिन्न जिल्लाका ५० वटा युथ नेटवर्कसंग समन्वय गर्ने जिम्मेवारी पाए । यति मात्रै हैन, एम्नेष्टिको पोल्याण्ड वार्सामा भएको कार्यक्रममा उनले सहभागीता जनाउने अवसर पनि पाए। युवाहरुलाई मानव अधिकार सम्वन्धी जनचेतना जगाउने अवसर पाएका उनले आफ्नो प्रभावलाई जिल्ला जिल्ला सम्म पुर्याउने अवसर पाए।

    केन्द्रीय सदस्यको दुई बर्षे कार्यकाल युवाहरुसंगको सहकार्यमा विताएका विपिन केन्द्रीय पदाधिकारी समुहमा प्रवेश गर्ने योजनामा थिए। २७ औँ साधारणसभाबाट उनि पुनः केन्द्रीय सदस्य चुनिए। सोही साधारणसभा पछि बसेको पहिलो बैठकले विपिनलाई उपमहासचिवमा चयन गरेको थियो। एम्नेष्टिका नवनिर्वाचित अध्यक्ष विपिनले मानव अधिकारको सञ्जाललाई दुर्गम ग्रामिण भेकमा समेत जोड्ने अभियानमा छन्। ‘मानव अधिकारको क्षेत्रमा कृयाशिल विभिन्न संघसंस्थाहरु छन्, ति सबै संघसंस्थाहरु एकै थलोमा उभिएर मानव अधिकारको क्षेत्रलाई ग्रामिण भेक सम्म जोड्नु पर्छ भन्ने मेरो मान्यता हो,’उनले भने ‘मैले यो अभियानको सुरुवात गर्नुपर्छ भन्ने आवाज उठाईरहेको पनि छु, हेरौँ कति सम्म सफल बन्छु ।’

    मानव अधिकारका पक्षमा चलेका विभिन्न अभियानमा सकृय बनेका उनले कसैको जीवन बचाउनमा खेलेका केहि भुमिकाले निकै हर्षित तुल्याउने बताउँछन्। फाँसीको सजाय सुनाईएका प्यालेष्टाईन नागरिक फ्रि अश्रफको जीवन रक्षाका लागि नेपालमा पनि अभियान चलेको थियो। उनको जीवन रक्षाका लागि नेपालका तर्फबाट अपिल गर्न गरिएको अभियानलाई उनले सफल भएको माने, जतिबेला ति नागरिक फाँसीको सजायबाट मुक्त बनेका थिए। यसैगरि विभिन्न आपत विपतमा परेका नागरिकहरुको उद्धारका लागि खटिने गरेका विपिनले यहि सहयोगमै आफ्नो जीवन देख्ने गरेको वताउँछन्।


    तेस्रो आँखा