• ट्रेण्डिङ्ग :
नवनिर्वाचित सभापति पराजुलीद्वारा शपथ ग्रहण

नवनिर्वाचित सभापति पराजुलीद्वारा शपथ ग्रहण


  • 2.1K
    SHARES
    • आश्विन १४, २०८३ बुधबार
    • १ महिना अघि
    • 3.3K Views

    नवनिर्वाचित सभापति पराजुलीद्वारा शपथ ग्रहण

    काठमाडौं, असोज १४ गते । हिमालमा जलवायु परिवर्तन तथा भोटेकोशी–त्रिशुलीमा आएको हिमबाढीसम्बन्धी अध्ययन गर्न गठित संसदीय विशेष समितिको सभापतिमा चयन हुनुभएका सांसद गणेश पराजुलीले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । 

    images

    सभामुख डोलप्रसाद अर्यालले आज सिंहदरवारमा पराजुलीलाई शपथ ग्रहण गराउनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता समेत रहनुभएका पराजुलीको सभापतिका लागि एकल उम्मेदवारी परेको थियो ।

    असोज ५ गते गठित १५ सदस्यीय विशेष समितिको सभापतिको चयन हुन बाँकी थियो । आज सिंहदरवारस्थित कानुन, न्याय तथा मानव अधिकार समितिको हलमा उहाँ सभापतिमा सर्वसम्मतले चयन हुनुभइ पद तथा गोपनीयताको शपथ लिनुभयो । 

     


    तेस्रो आँखा