• ट्रेण्डिङ्ग :
एम्नेष्टि ईन्टरनेशनल नेपालले गर्यो पदाधिकारी मनोनयन

एम्नेष्टि ईन्टरनेशनल नेपालले गर्यो पदाधिकारी मनोनयन


  • 7.8K
    SHARES
    • चैत्र २०, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 11.9K Views

    एम्नेष्टि ईन्टरनेशनल नेपालले गर्यो पदाधिकारी मनोनयन

    काठमाडौं, २० चैत्र। एम्नेष्टि ईन्टरनेशनल नेपालको बोर्ड बैठकले पदाधिकारी मनोनयन गरेको छ। आज बसेको बोर्ड बैठकले उपाध्यक्ष, महासचिव र उपमहासचिव मनोनयन गरेको एम्नेष्टिका नव निर्वाचित अध्यक्ष बिपिन बुढाथोकीले जानकारी दिए।

    images

    उनका अनुसार उपाध्यक्षमा केशब पोख्रेल, महासचिवमा सचिता कुईकेल र उपमहासचिवमा होमबहादुर अधिकारीलाई मनोनयन गरिएको हो। यसअघि हिजो अध्यक्ष बुढाथोकीसहित कोषाध्यक्ष रोशन बजगाईँ र सदस्यहरु गरि ११ सदस्यीय नेशनल बोर्ड निर्माण भएको थियो।

    सदस्यहरुबाटै अन्य पदाधिकारीहरु मनोनयन गर्ने एम्नेष्टिको प्रावधान अनुसार आज उपाध्यक्ष, महासचिव र उपमहासचिव मनोनयन गरिएको हो। पदाधिकारी चयनलाई पूर्णता दिएपछि नव निर्वाचित अध्यक्ष बुढाथोकीले अब एम्नेष्टिलाई सशक्त रुपमा अघि बढाउने बताए। एम्नेष्टि नेपालको संस्थागत सुधारका प्रक्रियालाई निरन्तरता दिनुका साथै नयाँ रणनीतिक लक्ष निर्धारण गरिने बुढाथोकीले बताए। ‘स्पष्ट , सबल र प्रभावकारी मानवअधिकार दिशा तर्फ संस्थालाई डोर्याउने छौँ,’ अध्यक्ष बुढाथोकीले भने।


    तेस्रो आँखा