सरकार ढल्दैन, ढल्छ भन्नेहरु ढल्छन् : सभापति लामिछाने

सरकार ढल्दैन, ढल्छ भन्नेहरु ढल्छन् : सभापति लामिछाने


  • 2.1K
    SHARES
    • आश्विन १८, २०८३ आइतबार
    • १ महिना अघि
    • 3.2K Views

    सरकार ढल्दैन, ढल्छ भन्नेहरु ढल्छन् : सभापति लामिछाने

    काठमाडौं, असोज १८ गते । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बाहिर हल्ला भएजस्तो सरकार कमजोर नरहेकाले नढल्ने बताउनुभएको छ । नेपाली कांग्रेसको १५ औं महाधिवेशनको उदघाटनसत्रमा धारणा राख्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।

    images

    उहाँले भन्नुभयो, “सरकार अहिले ढल्छ, दसैंमा ढल्छ, तिहार र छठपछि ढल्छ भन्ने हल्ला बाहिर छ, त्यो सम्भव छैन । सरकार बलियो छ, सरकार ढल्छ भन्नेहरु नै ढल्नेछन् ।” देश बनाउने अभियानमा सबै दललाई साथै लिएर अघि बढ्ने उहाँले बताउनुभयो । 

    सरकारको शैली र नियत सही रहेको बताउँदै उहाँले परिवर्तनको मुद्दामा रास्वपाले नेतृत्व गरिरहेको बताउनुभयो । दलीय सहकार्यका लागि रास्वपा जहिले तयार रहेको बताउँदै उहाँले देश परिवर्तनको मुद्दामा सबैलाई साथ हिँड्न आव्हान गर्नुभयो । 

    रास्वपा नेतृत्वको सरकारले मुलुकको लोकतन्त्र कमजोर हुन नदिने, मुलुकको अर्थतन्त्रलाई कमजोर बन्न नदिने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो । जनताले भोट हालेर ठुलो पार्टी बनेको रास्वपाले परिवर्तनको मुद्दामा सदैव गम्भीर रहने बताउनुभयो । 

    उहाँले थप्नुभयो, “जनताको मन जित्नेगरी काम गर्दैछौं । लोकतन्त्रको हुर्मत लिने काम गर्नेछैनौं । तपाईहरुले कसैले पनि त्यो काम नगर्नुहोला ।” सो अवसरमा सभापति लामिछानेले आफ्नो दललाई आमन्त्रण गर्नुभएकोमा धन्यवाद व्यक्त गर्नुभयो । 

     


    तेस्रो आँखा