मन्त्रीपरिषद्को पाँच निर्णय सार्वजनिक

मन्त्रीपरिषद्को पाँच निर्णय सार्वजनिक


  • 2.1K
    SHARES
    • आश्विन १९, २०८३ सोमबार
    • ४ हप्ता अघि
    • 3.2K Views

    मन्त्रीपरिषद्को पाँच निर्णय सार्वजनिक

    काठमाडौं, असोज १९ । सरकारले सोमबार बसेको मन्त्रीपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवम् शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले बैठकपछि मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्नुहुँदै नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरणलाई प्रवर्द्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन सरकारबाट प्राप्त हुने करिब १० करोड रुपियाँ बराबरको अनुदान सहायता स्वीकार गर्न स्वीकृति दिने निर्णय भएको जानकारी दिनुभयो ।

    images

    बैठकले नेपाल इन्जिनियरिङ सेवा, गठन, समूह तथा श्रेणी विभाजन र नियुक्ति दोस्रो संशोधन नियमावली स्वीकृत गरेको छ । यसैगरी वैकल्पिक विकास वित्त परिचालन नियमावली, २०८३ स्वीकृत गरेको छ ।

    त्यस्तै, जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोजन भएका मुद्दा फिर्ता गर्न सकिने वा नसकिने सम्बन्धमा छानबिन गरी सिफारिस गर्न पूर्वन्यायाधीश बाबुराम रेग्मीको अध्यक्षतामा गठित समितिले पेश गरेको प्रतिवेदन आवश्यक कार्यार्थ गृह मन्त्रालयमा पठाउने निर्णय गरेको छ ।

    यसैगरी सहसचिव पद्मकुमार मैनालीलाई नेपाल इन्जिनियरिङ सेवा समूहिकरणतर्फको सचिव पदमा बढुवा गरी पूर्वाधार विकास मन्त्रालयमा पदस्थापन गर्ने निर्णय गरेको प्रवक्ता पोखरेलले बताउनुभयो । 

     


    तेस्रो आँखा