• ट्रेण्डिङ्ग :
एम्नेष्टी ईन्टरनेशनल नेपालको अध्यक्षमा विपिन बुढाथोकी विजयी

एम्नेष्टी ईन्टरनेशनल नेपालको अध्यक्षमा विपिन बुढाथोकी विजयी


  • 8.2K
    SHARES
    • चैत्र २०, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 12.6K Views

    एम्नेष्टी ईन्टरनेशनल नेपालको अध्यक्षमा विपिन बुढाथोकी विजयी

    काठमाडौं, २० चैत्र । एम्नेष्टी ईन्टरनेशनल नेपालको अध्यक्षमा विपिन बुढाथोकी विजयी भएका छन् । काभ्रेपलान्चोक(धुलिखेलमा सम्पन्न तीसौं साधारण सभा एवम् परिषद बैठकबाट ४२ मत अन्तरसहित एम्नेष्टी इन्टरनेशनल नेपालको अध्यक्षमा बुढाथोकी विजयी भएका हुन् ।  

    images

    अध्यक्षमा निर्वाचित बुढाथोकीले १३९ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी महेशकुमार पौडेलले ९७ मत प्राप्त गरेका थिए। यस्तै अध्यक्षमा अर्का प्रतिस्पर्धी यशोदाकुमारी उपाध्यायले ८ र मुकुन्द ढंगानाले ३ मत प्राप्त गरेको निर्वाचन समितिका संयोजक लक्ष्मी निरौराले जानकारी दिइन्।७७ समूह, ४९ युथनेटवर्क र २ ईन्डभिजुअलबाट २५४ मतदाता मध्ये १५१ जनाले मतदान गरेका थिए।

    यस्तै, कोषाध्यक्ष पदमा ११८ मत सहित रोशन वजगाई विजयी भएका छन्। कोषाध्यक्ष पदमा प्रतिस्पर्धा गरेका हिरा भगतले ८२ र रुपक महर्जनले ४७ मत प्राप्त गरेका छन्।  

    चार खुला सदस्य पदमा केशव पोखरेल (११६), देवेन्द्रकुमार सेजुवाल (११३), निखिल पोखरेल (११८) र होमबहादुर अधिकारी (१२४) मत सहित विजयी भएका छन् । खुला सदस्य पदमा १३ जनाको प्रतिस्पर्धा थियो । यस्तै, तीन महिला सदस्य पदमा मञ्जु विश्वकर्मा (१४१), विमला वाग्ले (११०) र  सञ्चिता कुईकेल थापा (१४२) मत सहित विजयी भएका छन् ।  

    एक युवा महिला सदस्य पदमा १४६ मत सहित गरिमा पाण्डेय र एक युवा खुला सदस्य पदमा ९० मत सहित बरुण कुईकेल विजयी भएका छन् ।  

    पुनरावेदन समितिको संयोजकमा १ मतले जीवनकुमार फुयाल विजयी भएका छन् । फयाले १२२ प्राप्त गरि विजयी भएका हुन् । अर्का प्रतिस्पर्धी हेमराज भट्टले १२१ मत प्राप्त गरेका छन् । पुनरावेदन समितिको खुला एक सदस्य पदमा १४६ मत सहित लोकेन्द्र सिंह विजयी भएका छन् । पुनरावेदन समितिका एक महिला सदस्य पदमा भने लक्ष्मी रेग्मी निर्विरोध निर्वाचित भएका हुन्। 


    तेस्रो आँखा