चितवन, ११ मंसिर। कम्बोडियाका सांसद एवं कम्बोडियन पिपुल्स पार्टीका नेता सोस याराले नेकपा एमालेको १०औँ महाधिवेशनको बन्द सत्र सफलताको शुभकामना दिनु भएकाे छ ।
उहाँले यो अविधेशन नेपालको इतिहासमा विरलै हुने राजनीतिक घटना बनोस् भनेर सुभकामना समेत दिनुभयाे । उहाँले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले सुरु गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ आकांक्षा पूरा होस् भन्ने कामना पनि गर्नु भएकाे छ ।
यस्तै, नेपाल र कम्बोडियाबीच सुमधुर सम्बन्ध रहेको र अब राजनीतिक रूपमा पनि सम्बन्ध बढाउनु पर्ने बताउनुभयाे । राजनीतिक स्थायित्व सम्वृद्विका लागि नेपाल र कम्बोडियाबीच संस्कृति, राजनीतिक र अर्थतन्त्रमा सहकार्य हुनु पर्ने उहाँकाे भनाइ छ ।
सन् २०१८ मा कम्बोडियाका प्रधानमन्त्रीले नेपाल भ्रमण गर्नु भएकाे थियाे भने सन् २०१९ मा नेकपा एमालेका अध्यक्ष ओलीले कम्बोडिया भ्रमण गर्नु भएकाे थियाे ।
महाधिवेशनको बन्द सत्रलाई सम्बोधन गर्दै उहाँले नेपालमा शान्ति, स्थिरता, समृद्ध नेपालको कामना पनि गर्नुभयाे । सोही अवसरमा उहाँले भन्नुभयाे ‘ओली ‘ग्रेट म्यान’ हुनुहुन्छ । दुई देशबीच सम्बन्ध हार्दिक छ। सम्बन्ध बलियो बनाउन ओलीको भूमिका छ।’ सोही क्रममा उहाँले पार्टीका अध्यक्षको शुभकामना सन्देश पनि ओलीलाई हस्तान्तरण गर्नु भएकाे थियाे ।
