भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु

भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु


  • 2.1K
    SHARES
    • आश्विन २४, २०८३ शनिबार
    • ३ हप्ता अघि
    • 3.3K Views

    भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु

    काठमाडौँ, असोज २४  । भोटेकोशी बाढीमा एक हजार ४५७ जनाले ज्यान गुमाएका  छन् । प्रहरी प्रधान कार्यालयका अनुसार यो शनिबार बिहान ६ बजेसम्मको विवरण हो ।

    images

    बाढीमा गम्भीर घाइते भएका दुई जनाको काठमाडौँमा उपचारका क्रममा मृत्यु भएको जनाउँदै उक्त कार्यालयले रसुवामा २३६, नुवाकोटमा २०५, धादिङमा ७३, चितवनमा ३६९, गोरखामा ८०, तनहुँमा ३८, नवलपरासी पूर्वमा २३२ र नवलपरासी पश्चिममा २२२ जनाको मृत्यु भएको बताएको हो ।

    सङ्कलन भएका शवको पहिचानका लागि डिएनए नमुना सङ्कलनलगायत प्रक्रिया पूरा गरी हालसम्म एक हजार ३३५ शव  व्यवस्थापन गरिएको छ । एक हजार ४३८ शवको पहिचान हुन सकेका छैन । बाढीपछि चार हजार ७२० जना बेपत्ता छन् । 
    यसैगरी, बाढीबाट विस्थापित एक हजार २३१ जना विभिन्न जिल्लास्थित होल्डिङ सेन्टरमा व्यवस्थापन गरिएको छ । 


    तेस्रो आँखा