नेपाली सनाको उद्धार टोली प्रभावितस्थलमा

नेपाली सनाको उद्धार टोली प्रभावितस्थलमा


  • 2.0K
    SHARES
    • आश्विन २५, २०८३ आइतबार
    • ३ हप्ता अघि
    • 3.0K Views

    नेपाली सनाको उद्धार टोली प्रभावितस्थलमा

    काठमाडौँ, असोज २५ गते । बूढीगण्डकीको आकस्मिक बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाको उद्धार टोली पुगेको छ ।

    images

    आज बिहान करिब ४ः३० बजेतिर गोरखाको चुमनुब्री गाउँपालिका–३ फिलिममा पहिरोका कारण थुनिएको बूढीगण्डकी खुलेपछि लेदो तथा गेग्रानसहितको बाढीले नदीको तटीय क्षेत्रमा क्षति पु¥याएको जानकारीपछि सेनाको उद्धार टोली परिचालन भएको हो ।

    नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार बाढीपछि खोज तथा उद्धारका लागि सेनाको टोली हवाई तथा स्थलमार्गबाट प्रभावित क्षेत्रको परिचालन भएको छ । दुवै टोलीले ‘रेकी’ तथा अवलोकन गर्नाका साथै पहिराको जोखिममा रहेको जगत् गाउँबाट छ जनाको हवाई उद्धार गरेको छ ।

    काठमाडौँमा रहेको ‘कम्पोजिट क्विक रेस्पोन्स टिम’ हवाईमार्गबाट उक्त इलाकामा तैनाथ भएको र टोलीले नदी तटीय तथा आसपासका क्षेत्रका वासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिरहेको छ । रासस 

     


    तेस्रो आँखा