पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत


  • 768
    SHARES
    • आश्विन २८, २०८३ बुधबार
    • २ हप्ता अघि
    • 1.2K Views

    पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

    काठमाडौँ, असोज २८ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष विभिन्न पाँच मुलुकका राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ । 

    images

    राष्ट्रपति भवनमा आज आयोजित विशेष समारोहमा नेपालका लागि युरोपेली सङ्घको प्रतिनिधिमण्डलका आवासीय रादूत चाल्र्स ह्वीट्लीले राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको हो । 

    त्यसैगरी, इन्डोनेसिया, घाना, सुडान र ब्रुनाइका गैरआवासीय राजदूतहरू क्रमशः लिस्त्योवाती, कोजो बोन्सु, मोहम्मद अब्दल्ला अली इल्टोम र सिती आर्निफरिजा विन्ती हाजी मोहद जैनीले आ–आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको हो । 

    समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थियो । त्यसअघि उहाँहरूलाई लाजिम्पाटदेखि राष्ट्रपति भवनसम्म रिसल्लासहितको बग्गीमा सवारी गराइएको थियो । 


    तेस्रो आँखा