हवाई यातायात सेवालाई थप प्रभावकारी बनाउन मन्त्री पौडेलको निर्देशन

हवाई यातायात सेवालाई थप प्रभावकारी बनाउन मन्त्री पौडेलको निर्देशन


  • 391
    SHARES
    • आश्विन २९, २०८३ बिहीबार
    • २ हप्ता अघि
    • 601 Views

    हवाई यातायात सेवालाई थप प्रभावकारी बनाउन मन्त्री पौडेलको निर्देशन

    काठमाडौँ, असोज २९ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं नेपाल नागरिक उड्डयन प्राधिकरण सञ्चालक समितिका अध्यक्ष  खडकराज पौडेल (गनेश) को नेतृत्वमा नेपाल नागरिक उड्डयन प्राधिकरण तथा नागरिक उड्डयन क्षेत्रसँग सम्बन्धित पदाधिकारीको सहभागितामा असोज २१ गतेदेखि २६ गतेसम्म नेपालगञ्ज, दाङ, सुर्खेत, रारा तथा जुम्ला विमानस्थलको निरीक्षण तथा अवलोकन भ्रमण सम्पन्न भएको छ।

    images

    उक्त भ्रमणका क्रममा हवाई यातायात सेवालाई थप सुलभ, सहज र प्रभावकारी बनाउँदै पर्यटन प्रवर्द्धन तथा क्षेत्रीय विकासमा योगदान पुर्‍याउने उद्देश्यले दाङको टरिगाउँ विमानस्थलको विकास तथा विस्तार सम्बन्धी सम्भावनाको अध्ययन गर्न मन्त्री पौडेलले निर्देशन दिनुभएको छ । 

    सोही क्रममा विमानस्थलको दीर्घकालीन विकास तथा विस्तारका लागि आवश्यक पूर्वाधार, प्राविधिक सम्भाव्यता, सञ्चालन क्षमतामा अभिवृद्धि तथा विमानस्थललाई थप प्रभावकारी रूपमा सञ्चालन गर्न अवलम्बन गर्नुपर्ने उपायको विस्तृत अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाउन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिइएको छ।

    त्यसैगरी, रारा विमानस्थलको विकास तथा विस्तारका सम्बन्धमा हाल सञ्चालनमा रहेको विमानस्थलको स्तरोन्नति तथा विस्तार गर्न सकिने सम्भावना र आवश्यकताअनुसार वैकल्पिक स्थानमा नयाँ विमानस्थल निर्माण गर्न सकिने सम्भावना समेतको प्राविधिक तथा सम्भाव्यता अध्ययन गर्न निर्देशन प्रदान भएको छ।

    दुवै विमानस्थलको विकास तथा विस्तारका लागि आवश्यक प्राविधिक अध्ययन, सम्भाव्यता विश्लेषण, पूर्वाधार सम्बन्धी आवश्यकता पहिचान तथा आगामी कार्ययोजना तर्जुमा सम्बन्धी प्रक्रिया प्राथमिकताका साथ अघि बढाई आवश्यक कार्यान्वयनका लागि सम्बन्धित निकायबिच समन्वय गर्नसमेत निर्देशन दिइएको छ। यसबाट हवाई यातायातको पहुँच विस्तार, पर्यटन विकास तथा सम्बन्धित क्षेत्रको आर्थिक र सामाजिक विकासमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक डा त्रिलोचन पौडेलले बताउनुभयो ।


    तेस्रो आँखा