ब्रुनाईका राजदूतद्वारा परराष्ट्रमन्त्री खनालसँग भेटवार्ता

ब्रुनाईका राजदूतद्वारा परराष्ट्रमन्त्री खनालसँग भेटवार्ता


  • 1.8K
    SHARES
    • आश्विन ३०, २०८३ शुक्रबार
    • २ हप्ता अघि
    • 2.8K Views

    ब्रुनाईका राजदूतद्वारा परराष्ट्रमन्त्री खनालसँग भेटवार्ता

    काठमाडौँ, असोज ३० गते । नेपालका लागि ब्रुनाई दरुसलामकी नवनियुक्त गैरआवासीय राजदूत सिति अर्निफरिजा बिन्ती हाजी मोहम्मद जैनीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

    images

    परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा परराष्ट्रमन्त्री खनालले राजदूत जैनीलाई नियुक्तिका लागि बधाई दिँदै उहाँको सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।

    भेटवार्तामा नेपाल र ब्रुनाई दरुसलामबिच रहिआएको मैत्रीपूर्ण द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने तथा आपसी सहयोग अभिवृद्धि गर्ने विषयमा विचार आदानप्रदान भएको थियो । 

    दुवै पक्षले दुई देशबिचको मैत्रीपूर्ण सम्बन्ध र सहकार्यलाई आगामी दिनमा थप विस्तार गर्ने विषयमासमेत छलफल भएको थियो । 


    तेस्रो आँखा