• ट्रेण्डिङ्ग :
उपत्यकामा एकैदिन ३३६ सवारीसाधन कारबाहीमा

उपत्यकामा एकैदिन ३३६ सवारीसाधन कारबाहीमा


  • 2.0K
    SHARES
    • कार्तिक ८, २०८३ शनिबार
    • १ हप्ता अघि
    • 3.0K Views

    उपत्यकामा एकैदिन ३३६ सवारीसाधन कारबाहीमा

    काठमाडौँ, कात्तिक ७  गते । काठमाडौँ उपत्यकामा एकैदिन सवारी नियम उल्लङ्घन गर्ने ३३६ सवारीसाधनलाई कारबाही गरिएको छ ।

    images

    काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गएको २४ घण्टामा सवारी नियम उल्लङ्घन  गर्ने ३३६ सवारीसाधन कारबाहीमा परेका छन् । कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने १०२, सिसी क्यामरामार्फत ३९, रातो बत्तीमा सवारीसाधन चलाउने २० चालकलाई कारबाही गरिएको जानकारी दिनुभयो ।

    यस्तै, तीव्र गतिमा सवारीसाधन चलाउने ५७, हर्न बजाएर सवारीसाधन चलाउने आठ, लेन अनुशासन पालन नगर्ने तीन, अवस्था ठीक नभएको दुई र अन्य कसुरमा १०५ सवारीसाधनलाई कारबाही गरिएको कार्यालयले जनाएको छ । ट्राफिक प्रहरीले चाडपर्वको समयमा सवारी नियम उलङ्घन गरी सवारीसाधन चलाउने चालकमाथि कडा निगरानी तथा कारबाही गर्दै आएको छ । रासस 

     


    तेस्रो आँखा