ढल्केबरमा ट्रमा सेन्टरको निर्माण चाँडै सुरु हुन्छ : मन्त्री मेहता

ढल्केबरमा ट्रमा सेन्टरको निर्माण चाँडै सुरु हुन्छ : मन्त्री मेहता


  • 1.6K
    SHARES
    • कार्तिक ९, २०८३ आइतबार
    • १ हप्ता अघि
    • 2.5K Views

    ढल्केबरमा ट्रमा सेन्टरको निर्माण चाँडै सुरु हुन्छ : मन्त्री मेहता


    ढल्केबर, कात्तिक ८।  स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केबरमा स्वीकृत क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माण हुनेमा ढुक्क हुन आग्रह गर्नुभएको छ । आइतबार ढल्केबरमा ट्रमा सेन्टर निर्माणका लागि प्रस्तावित जग्गाको स्थलगत अवलोकन गर्दै उहाँले ट्रमा सेन्टर निर्माण हुनेमा कुनै शङ्का नगर्न आग्रह गर्नुभएको हो । 

    images

    मन्त्री मेहताले यहाँको ट्रमा सेन्टर सरकारको बहुवर्षीय योजनामा परिसकेको बताउँदै टेन्डरसम्बन्धी कागजात स्वास्थ्य मन्त्रालयबाट हस्ताक्षर भएर पूर्वाधारसम्बन्धी निकायमा पठाइसकिएको जानकारी दिनुभयो । हाँले टेन्डर प्रक्रिया चाँडै पूरा गरी भवन निर्माणको काम अघि बढाइने बताउनुभयो । स्थलगत निरीक्षणपछि मन्त्री मेहताले निर्माणस्थल उपयुक्त रहेको उल्लेख गर्नुभयो । 

    निरीक्षणका क्रममा प्रतिनिधिसभा सदस्य राजकिशोर महतोले ट्रमा सेन्टर निर्माणको विषयमा स्थानीय नागरिक लामो समयदेखि आश्वासन सुन्दै आएको बताउनुभयो । उहाँले निर्माण कार्य सुरु भएपछि मात्रै नागरिकमा विश्वास जाग्ने भन्दै शिलान्यासको वातावरण चाँडै बनाउन मन्त्री मेहतासँग आग्रह गर्नुभयो ।

    प्रतिनिधिसभा सदस्य महतोले ट्रमा सेन्टर निर्माणपछि धनुषासहित आसपासका जिल्लाका नागरिकलाई समेत लाभ पुग्ने बताउँदै पूर्वपश्चिम राजमार्गमा हुने सडक दुर्घटनाका घाइते तथा गम्भीर प्रकृतिका बिरामीलाई समयमै उपचार उपलब्ध गराउन सहज हुने बताउनुभयो । स्थलगत निरीक्षणका क्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेललगायत सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो ।  


    तेस्रो आँखा