• ट्रेण्डिङ्ग :
चौध सांसदविरूद्धको मुद्दाको सुनुवाइ चैत २७ मा

चौध सांसदविरूद्धको मुद्दाको सुनुवाइ चैत २७ मा


  • 7.3K
    SHARES
    • चैत्र २१, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 11.2K Views

    चौध सांसदविरूद्धको मुद्दाको सुनुवाइ चैत २७ मा

    काठमाडौं,  २१ चैत्र । सर्वोच्च अदालतमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहित १४ सांसदविरुद्ध दायर गरेको रिट निवेदनको सुनुवाइ यही चैत २७ गते हुने भएको छ । 

    images

    न्यायाधीशहरू अनिल सिन्हा र नहकुल सुवेदीको संयुक्त इजलासमा पेसी तोकिएको भए पनि न्यायाधीश सुवेदीले उक्त मुद्दा हेर्न नमिल्ने भएपछि मुद्दाको सुनुवाइ सरेको हो । 

    यसअघि सांसद सोमप्रसाद पाण्डेको मुद्दामा आफूले अन्तरिम आदेश जारी गरेको र एकीकृत समाजवादीको पार्टीबारे धारणा दिएकाले थप सुनुवाइमा नबस्ने निर्णय न्यायाधीश सुवेदीले गरेपछि आज सुनुवाइ हुन नसकेको हो ।


    तेस्रो आँखा