• ट्रेण्डिङ्ग :
बिहीबारदेखि शनिबारसम्म वर्षाको सम्भावना

बिहीबारदेखि शनिबारसम्म वर्षाको सम्भावना


  • 794
    SHARES
    • कार्तिक १०, २०८३ सोमबार
    • १ हप्ता अघि
    • 1.2K Views

    बिहीबारदेखि शनिबारसम्म वर्षाको सम्भावना

    काठमाडौँ, कात्तिक ९ गते । नेपाल मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबारदेखि शनिबार दिउँसोसम्म वर्षाको सम्भावना रहेको छ । 

    images

    महाशाखाका मौसमविद् रोजन लामिछानेले कात्तिक १२ गते बिहीबारदेखि पानी पर्नसक्ने सम्भावना रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “बिहीबारदेखि पानी पर्न सक्ने सम्भावना । शनिबार बिहानसम्म वर्षा रहने र त्यसपछि मौसम सुधार हुने सम्भावना छ ।” 

    उहाँले बङ्गालको खाडीमा चक्रवात बनिरहेकोले यसको प्रभाव नेपालसम्म पर्ने जानकारी दिनुभयो । 

    उहाँले भन्नुभयो, “बङ्गालको खाडीमा चक्रवात बनिरहेको छ, भारतको आसपासको राज्यहरुबाट विस्तार भइ नेपालतर्फ आउने र यसको प्रभावको कारणले पानी पर्न सक्ने सम्भावना देखिएको हो ।”

    भारतमा बनेको उक्त प्रणालीको सबैभन्दा बढी प्रभाव हिमाली र पहाडी भूभागमा हुने सम्भावना देखिएको उहाँको भनाइ छ । यससँगै तराई क्षेत्रहरुमा पनि यसको प्रभाव पर्ने देखिएको छ । 

    उहाँ भन्नुहुन्छ, “सो अवधिमा मध्यम वर्षाको सम्भावना धेरै देखिन्छ । थोरै ठाउँमा भारी वर्षा, एक, दुई ठाउँमा अति भारी वर्षाको सम्भावना पनि देखिन्छ ।” 


    तेस्रो आँखा