सोमबारबाट मतपत्र छपाईको काम सुरु– निर्वाचन आयोग

सोमबारबाट मतपत्र छपाईको काम सुरु– निर्वाचन आयोग


  • 15.8K
    SHARES
    • चैत्र २१, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 24.4K Views

    सोमबारबाट मतपत्र छपाईको काम सुरु– निर्वाचन आयोग

    काठमाडौं, २१ चैत्र । निर्वाचन आयोगले आगामी स्थानीय निर्वाचनको लागि एक लाख ८० हजार नमुनामत पत्र छापिसकिएको बताएको छ । आयोगको नियमित पत्रकार सम्मेलन मार्फत नमुनामत पत्र छपाईको काम सकिएको आयोगले जानकारी दिएको हो।

    images

    ‘एक लाख ८० हजार नमुना मत पत्र छापिसकिएको छ’, आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने ‘आज बाट आधिकारीक मतपत्र छपाईको काम सुरु हुनेछ ।’ एक करोड ७७ लाख ३३ हजार मतदाता रहेकाले त्यसमा दश प्रतिशतसम्म थप गरेर मतपत्र छाप्ने तयारी भैरहेको उनको भनाइ छ । 

    मतदाता नामावली उपलब्ध गराउने सन्दर्भमा केन्द्रीय स्तरमा राजनीतिक दलकाे पत्रका आधारमा आयोगले तोकेको देशभरको रु. सात हजार र प्रदेशस्तरको पाँच हजार शुल्क तिरेर इलेक्ट्रोनिक कपी लिन सकिने आयोगले जनाएको छ ।

    त्यस्तै सम्बन्धित जिल्ला निर्वाचन कार्यालयबाट सम्बन्धित दल वा उम्मेदवारको पत्र सहित रु. तीन हजार, एक हजार र पाँच सय शुल्क तिरेर क्रमश जिल्ला, स्थानीय तह र वडाको नामावली लिन पाउने व्यवस्था आयोगले गरेको छ । स्थानीय तहको निर्वाचन आउन अब ३९ दिन मात्र बाँकी रहेको छ । 

     

  • सम्बन्धित विषय:

  • # स्थानीय तह निर्वाचन

  • तेस्रो आँखा
    लेखकबाट थप