• ट्रेण्डिङ्ग :
बिहेको प्रलोभन देखाउँदै ४२ लाख ३४ हजार रुपैयाँ ठगी गर्ने व्यक्ति पक्राउ

बिहेको प्रलोभन देखाउँदै ४२ लाख ३४ हजार रुपैयाँ ठगी गर्ने व्यक्ति पक्राउ


  • 8.1K
    SHARES
    • चैत्र २२, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 12.5K Views

    बिहेको प्रलोभन देखाउँदै ४२ लाख ३४ हजार रुपैयाँ ठगी गर्ने व्यक्ति पक्राउ

    काठमाडौं, २२ चैत्र। ठगी गरेको आरोपमा एक जना काठमाडौंको विशाल नगरबाट प्रहरीले पक्राउ गरेको छ ।  उनले ४२ लाख ३४ हजार रुपैयाँ ठगी गरेको आरोप छ। 

    images

    रामेछाप साँघुटार नगरपालिका-३ घर भई धापासी बस्दै आएका ५२ वर्षीय नवीन भन्ने लोकबहादुर श्रेष्ठलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो।

    पीडितले आफू ठगिएको भन्ने सूचना दिएपछि प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको हो।  

    प्रहरीका अनुसार श्रेष्ठले पीडितलाई फोन सम्पर्क गरी विवाह गर्ने प्रलोभन देखाउने गरेका थिए। उनले पीडितलाई विश्वासमा पार्ने र बिरामी परेका कारण अस्पतालमा उपचार गर्न त कहिले झारफुक गर्नका लागि भन्दै योजना बनाएर ठगी गर्ने गरेको आरोप छ।

    प्रहरीले श्रेष्ठलाई ठगी कसुर अन्तर्गत थप अनुसन्धानका लागि महानगरी प्रहरी परिसर काठमाडौं पठाएको छ। 

     

     

     

     

     


    तेस्रो आँखा