• ट्रेण्डिङ्ग :
बर्डफ्लूको संक्रमण बढ्दै, उच्च सर्तकता अपनाउन मन्त्रालयको आग्रह 

बर्डफ्लूको संक्रमण बढ्दै, उच्च सर्तकता अपनाउन मन्त्रालयको आग्रह 


  • 6.9K
    SHARES
    • चैत्र २२, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 10.6K Views

    बर्डफ्लूको संक्रमण बढ्दै, उच्च सर्तकता अपनाउन मन्त्रालयको आग्रह 

    काठमाडौं, २२ चैत। झण्डै दुई महिनाको अवधिमा चार वटा प्रदेशका १३ जिल्लामा बर्डफ्लूको संक्रमण देखिएको छ ।

    images

    बर्डफ्लूको संक्रमण बढेको भन्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उच्च सतर्कता अपनाउन कृषकहरुसँग आग्रह गरेको छ ।

    गत ११ माघमा सुनसरीमा पहिलो पटक देखिएको संक्रमण अहिले चार वटा प्रदेशका १३ जिल्लामा फैलिएको पशु सेवा विभागले जनाएको छ । देश १, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका जिल्लाहरुमा संक्रमण देखिएको हो हो । 

    प्रदेश १ का मोरङ, उदयपुर र सुनसरी, मधेश प्रदेशका बारा, पर्सा र धनुषा, बागमती प्रदेशका काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर र सिन्धुपाल्चोक एवं गण्डकी प्रदेशको कास्कीमा संक्रमण पुष्टि भएको विभागले जनाएको छ ।

    विभागकाअनुसार संक्रमण फैलिन नदिन कुखुरा नष्ट गर्नेलगायतको काम भएको भइरहेको छ । 

    संक्रमण भेटिएको ठाउँबाट अन्यत्र पशुपन्छीको ओसारपोसार नगर्न र पन्छी पालन गर्नेहरुले उच्च सतर्कता अपनाउने सम्बन्धमा विभागले व्यवसायीलाई निर्देशन दिएको पनि विभागले जनाएको छ ।


    तेस्रो आँखा