• ट्रेण्डिङ्ग :
विद्यालय जाँदै गरेकी किशोरीको हत्या

विद्यालय जाँदै गरेकी किशोरीको हत्या


  • 9.1K
    SHARES
    • चैत्र २२, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 14.0K Views

    विद्यालय जाँदै गरेकी किशोरीको हत्या

    काठमाडाैं,२२ चैत्र । अध्ययनका लागि विद्यालय जाँदै गरेकी एक किशोरीको मंगलबार बिहान बाटैमा हत्या भएको छ। उदयपुरको बेलका नगरपालिका वडा नम्बर ३ स्थित कोशी जनता माध्यमिक विद्यालयमा अध्ययनरत कविता सुनुवारको अतिरिक्त कक्षा लिन घरबाट निस्किएपछि हत्या गरिएको हो।  

    images

    उक्त विद्यालयको १० कक्षाकी छात्रा कविताको मंगलबार बिहान विद्यालय गइरहेका बेला स्थानीय यशोदा खोलामा हत्या भएको प्रधानाध्यापक सूर्यनारायण साहले जानकारी दिएका छन्। ‘विद्यालयमा नियमति अध्ययनरत छात्रा हत्या क्रुर र हिंस्रक भएको विद्यालयले जनाएको छ । ‘घटनाको हामी भर्त्सना गर्दछौँ, साहले भनेका छन्, ‘यसले आमनागरिक र विशेष गरी बालबालिहरुको जीउज्यानको भरपर्दो सुरक्षा प्रबन्धन हुन नसकेको देखिएको छ।

    girl-murder-udayapur_QTHSR8g7Tu.jpg

    यसतर्फ ध्यान दिन सरोकारवालासँग आग्रह गर्दछौँ।’ कविताको गाउँबाट विद्यालयसम्म पुग्ने बस्ती नभएको ठाउमा घरदेखि आधा घण्टाको बाटोमा हत्या भएको हो। साहले घटनालाई लिएर छानबिन गर्न पनि प्रहरीसँग माग गरिएको छ । हत्याको दोसी पत्ता लगाउन आवश्यक अनुसन्धान भैरहेको प्ररहरीले जनाएको छ । 


    तेस्रो आँखा
    लेखकबाट थप