काठमाडौं, २२ चैत्र । थुनछेक बहसका लागि अभिनेता पल शाहलाई नवलपुर पठाइएको छ। मंगलबार बिहान जबर्जस्ती करणी मुद्दामा थुनछेक बहसका लागि शाहलाई नवलपुर पठाइएको हो ।
चैत ३ गते नवलपुरमा जबर्जस्ती करणी मुद्दा दायर भएको थियो। सोमबार नवलपुर जिल्ला अदालतबाट आएको थुनछेक बहस प्रयोजनको लागि उपस्थित गराइदिनु भन्ने पत्र अनुसार शाहलाई नवलपुर पठाइएको हो।
चैत १० गते जिल्ला न्यायाधीश हरिशचन्द्र ढुंगानाले गरेको आदेशपछि पुर्पक्षका लागि शाह थुनामा थिए।
