• ट्रेण्डिङ्ग :
बागमती र गण्डकी प्रदेशका केही स्थानमा वर्षा हुने

बागमती र गण्डकी प्रदेशका केही स्थानमा वर्षा हुने


  • 7.2K
    SHARES
    • चैत्र २३, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 11.1K Views

    बागमती र गण्डकी प्रदेशका केही स्थानमा वर्षा हुने

    काठमाडौं, २३ चैत्र । नेपालमा भारतको बिहार तथा  आसपासमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव छ । प्रदेश १ र बागमतीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

    images

    दिउँसो प्रदेश १ को पहाडी भूभागका केही स्थानमा तथा बागमती र गण्डकीका पहाडी भूभागका एक वा दुई  स्थानमा  मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा माैसम विज्ञान विभागकाे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    राति प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने आकलन गरिएको छ ।

    यस्तै, प्रदेश नं १ का पहाडी भूभागका केही स्थान तथा बागमती प्रदेश र गण्डकी प्रदेशका  पहाडी भू-भागका एक दुई स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । तराईका भू-भागहरूमा हल्का तापक्रम बढ्ने क्रममा रहेको हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ ।

     

  • सम्बन्धित विषय:

  • # मौसम

  • तेस्रो आँखा