काठमाडाैं,२३ चैत्र । नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले केन्द्रबाट तालमेल गर्न खोजे देशव्यापी विरोध हुने चेतावनी दिएका छन् । पार्टीले गरेको निर्णय अनुसार आवश्यकता र औचित्यको आधारमा तालमेल हुने बताउँदै कोइरालाले केन्द्रबाट तालमेल लाद्न नहुने बताएका हुन् ।
केन्द्रमा धेरैले गठबन्धन गर्ने भने पनि आफूहरूले बीचको बाटो लिने निर्णय गरेको उनको भनाइ छ। भुगाेलका जनता र कार्यकर्ताकाे भावना विपिरत केन्द्रबाट जवरजस्त एकता गर्न खाेजे त्यसकाे परिणाम राम्राे नआउने उनकाे भनाइ छ ।
अघिल्ला निर्वाचनहरूबाट कांग्रेसले पाठ सिक्नु पर्ने भन्दै स्थानीयस्तरकाे संगठन मजबुद बनाउन स्थानीय अवस्था र आवश्यक्ता अनुसार तालमेल गर्ने जिम्मेवारी छाड्नु पर्ने उनकाे भनाइ छ ।
सभापति लगायत नेताहरूले माथिदेखिनै चुनावी एकताकाे अभ्यास गरिरहदा संस्थापन इतरका नेता काेइरालाले दिएकाे चेतावनीयुक्त अभिव्यक्तिले गठबन्धनबीचकाे भाेट साटासाटमा समस्या आउने संकेत गरेकाे छ ।
