काठमाडौं, २३ चैत्र। पार्टीको कार्यक्रमका लागि रुपन्देहीको भैरहवामा रहेका लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर अस्वस्थ भएका छन् ।
ठाकुरलाई बिहान ९ बजेतिर उपचारका लागि भीम अस्पताल पुर्याइएको थियो । दिउँसो १:२० को समयमा भीम अस्पतालबाट गौतम बुद्ध विमानस्थल लगिएको थियो । १:४५ मा विमानस्थलबाट हेलिकप्टरबाट काठमाडौं लगिएको थियो । अक्सिजन लेभल कम देखिएपछि ठाकुरलाई काठमाडौं रेफर गरिएको हो ।
ठाकुरलाई हेलिकप्टरमार्फत काठमाडौं लगिएको हो । अध्यक्ष ठाकुर मुटुको बिरामी रहेकाले नियमित उपचार गराइरहेका छन् । नेता ठाकुर मंगलबार नवलपरासी पुगेका थिए ।
