वडाको नेतृत्वमा गोरखको दाबी

वडाको नेतृत्वमा गोरखको दाबी


  • 13.1K
    SHARES
    • चैत्र २३, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 20.2K Views

    वडाको नेतृत्वमा गोरखको दाबी

    काठमाडौं, २३ चैत्र । स्थानीय निर्वाचन नजिकीएसँगै विभिन्न दलहरुबाट वडा देखि पालिकासम्म उम्मेदवार घोषणा गर्ने लहर चलेको छ । एउटैदलबाट धेरैले टिकटको आकांक्षा राखेका छन् । पालिकादेखि वडास्तरसम्मको नेतृत्वमा इच्छा गर्नेहरुको संख्या धेरै भएपछि सम्बन्धित पार्टीलाई टिकटको टुंगो लगाउन कठिन परेको छ ।

    images

    ओखलढुंगाको चम्पादेवी गाउँपालिका वडा–३ को अध्यक्षको लागि गोरख बहादुर भुजेलले दाबी गरेका छन्। नेकपा एमालेको संगठनमा लागेर लामो समय देखि काम गरेका भुजेलले यो पटक अध्यक्ष बनेर जनताको सेवा गर्ने इच्छा प्रकट गरेका हुन् । आफूले लामो समय देखि एमालेको संगठनमा आवद्ध भएर गाउँसमाजको सेवा गर्दै आएकोले यो पटक पार्टीले आफूले गरेको योगदान र कामको कदर गर्दै टिकट दिनुपर्ने उनको भनाइ छ ।

    ‘मैले एमालेको संगठनमा रहेर लामो समयदेखि गाउँ र समाजको सेवा गर्दै आएको छु । संकटकालको समयमा पनि पार्टी संगठनमा रहेर पार्टीलाई बचाउने काम गरेको छु’ भुजेलले भने। भुजेलले गाउँमै बसेर विभिन्न विकासे योजनाको नेतृत्व गर्दै आएका छन् । अन्य पार्टी तथा तटस्थ जनताको भोट समेत ल्याउने उनको दाबी रहेको छ ।

    गाउँबेसीमा रहेर वर्षौ देखि जनताको सेवा गर्दै आएको र आफू अन्य पार्टी र एमालेकै अन्य आकांक्षीहरु भन्दा पुरानो र जित्ने उम्मेदवार भएको उनको भनाइ छ । हाल पनि गाउँमा रहेर जनताको घरघर गएर सहयोग गरेर निर्वाचनको तयारी गरिरहेको र टिकट पाए आफ्नो जित सुनिश्चित रहेको उनले प्रष्ट पारे । पार्टीले टिकट दिन्छ भन्ने कुरामा आफू विश्वस्त रहेको तर कुनै कारण पार्टीले अरुलाई टिकट दिएको खण्डमा पनि पार्टीलाई जिताउने काममा आफू लागिरहनेको उनको भनाइ छ। पार्टीभित्र सहमतिमा टिकट वितरण हुने पनि उनले ठोकुवा गरेका छन्।

  • सम्बन्धित विषय:

  • # स्थानीय तह
  • # प्रदेश नं.१

  • तेस्रो आँखा
    लेखकबाट थप