कांग्रेस महाधिवेशन प्रचार प्रसार समितिले पूर्णता पायो

कांग्रेस महाधिवेशन प्रचार प्रसार समितिले पूर्णता पायो


  • 8.7K
    SHARES
    • मंसिर ११, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 13.3K Views

    कांग्रेस महाधिवेशन प्रचार प्रसार समितिले पूर्णता पायो

    काठमाडौं, ११ मंसिर । नेपाली कांग्रेस आसन्न १४ औं महाधिवेशन प्रयोजनका लागि तयार गरिएको महाधिवेशन प्रचार प्रसार समितिले पूर्णता पाएको छ ।

    images

    गत कात्तिक २८ गते केन्द्रीय समिति बैठकले विश्वप्रकाश शर्माको संयोजकत्वमा समिति गठन गरेको थियो । महाधिवेशन आउन दुई सातामात्रै बाँकी रहँदा समितिमा केन्द्रीय कार्यसमिति सदस्यहरु जीवन परियार, किरण गिरी, किरण यादव र अमन्त्रित केन्द्रीय सदस्यहरू अभिषेक प्रताप शाह, जनकराज कलौनी र दिलीप राई समितिमा आउनुभएको छ ।

    यस्तै सूचना, संचार तथा प्रचार विभागका पदाधिकारी सदस्यहरू, भातृसंस्थाका अध्यक्षहरू सदस्य रहनेगरी व्यवस्था गरिएको प्रचार विभाग प्रमुख विश्वप्रकाश शर्माले बताउनुभयो ।

    यस्तै जनसम्पर्क समितिका अध्यक्ष र संयोजक, प्रेस युनियनका केन्द्रीय समितिका पदाधिकारी र सदस्य सदस्य रहनेछन् । यस्तै प्रेस युनियनका पूर्व केन्द्रीय अध्यक्ष, केन्द्रीय समितिका सल्लाहकार, प्रतिष्ठान शाखाका सभापति र जिल्ला सम्पर्क समितिका सभापतिहरू सदस्य रहने प्रमुख शर्माले जानकारी दिनुभयो ।

    261489914_599485531256988_2004021907157228913_n.jpg

     

  • सम्बन्धित विषय:

  • # महाधिवेशन
  • # नेपाली कांग्रेस

  • तेस्रो आँखा