चैत्र २५ बाट निर्वाचन आचारसंहिता लागु हुने

चैत्र २५ बाट निर्वाचन आचारसंहिता लागु हुने


  • 12.9K
    SHARES
    • चैत्र २४, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 19.8K Views

    चैत्र २५ बाट निर्वाचन आचारसंहिता लागु हुने

    काठमाडाैं, २४ चैत्र । स्थानीय तहको निवार्चन निजकिएसँगै निर्वाच आयोगले आफ्नो तयारी धमाधम गरिरहेको छ । यसै क्रममा निर्वाचन आयोग आचारसंहिता कार्यान्वयन गर्ने अन्तिम तयारीमा जुटेको हो । निर्वाचनको तयारी बारे बिहीबार सरकारलाई ब्रिफिङ गरेको आयोगले सम्भवतः शुक्रबारको बैठकबाट आचारसंहिता लागू भएको निर्णय र घोषणा गर्नेछ ।

    images

    ‘सम्भवतः आज र भोलि बस्ने आयोगको बैठकले आचारसंहिता लागू हुने निर्णय गर्नेछ’ निर्वाचन आयोग उच्च स्रोतले भन्यो, ‘निर्वाचन सुरु हुन करिबकरिब एक महिना बाँकी छ । अब भने आचारसंहिता लागू गर्न ढिलाई गर्नु हुदैन भन्ने हाम्रो निष्कर्ष हो । निर्वाचन आचारसंहिता लागू भएपछि बन्देजहरु लागू हुने भएकाले प्रमुख दलका शिर्ष नेताहरुले केही दिनयता निर्वाचन केन्द्रित अभियान तिब्र पारेका छन् ।

    निर्वाचन आउन करिव एक महिनामात्रै बाकी रहेकाले अब पनि आचारसंहिता लागू नगर्ने हो भने राज्यको सुविधा लिने पदाधिकारी र स्रोतसाधन प्रयोग गर्नेहरुका क्रियाकलापले निर्वाचनमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले तत्काल आचारसंहिता कार्यान्वयन गर्ने निष्कर्ष आयोगका पदाधिकारीहरुले निकालेका छन् ।

  • सम्बन्धित विषय:

  • # निर्वाचन आयोग

  • तेस्रो आँखा
    लेखकबाट थप